बैशाख ०६, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङमा यता केहीदिनदेखि दुर्घटनाजन्य घटनाका कारण अनाहकमा मानिसको ज्यान गएको छ । केही दिन अगाडि झगडाका कारण खार्मीमा एकजनाको ज्यान गएको छ भने बैशाख ३ गते ऐसेलुखर्कका एकजना र नुनथलाका एकजनाको मृत्यु भएको छ । यस्तै सुदुर दक्षिणी भेकस्थित वराहपोखरी गाउँपालिका–४ फाक्टाङका ५८ वर्षीय रामबहादुर राईको बैशाख ५ गते भिरबाट लडेर मृत्यु भएको खवर प्राप्त भएको छ ।
वाराहापोखरी-५ पौवासेरास्थित नातेदारको घरमा पास्नी भोज खाई घर फर्कने क्रममा बुधवार अपरान्ह ३ बजे फाक्टाङ र पौवासेराको सिमाना बेतुवा खोलाको भिरबाट लडेर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राई लडेर मृत अवस्थामा रहेको खबर प्रहरी चौकी हुक्नाजोरमा प्राप्त भएसँगै हुक्नाजोर र इलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरीको एक टोलि घट्नास्थल पुगेको थियो ।
प्रहरीद्धारा थप अनुसन्धान र कानूनी प्रक्रिया पूरा गरी विहीवार विहान शवलाई पोष्टमार्टमको लागि उदयपुरको स्वास्थ्य चौकी बेलटार पठाएको थाहा भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।