असार ३१, २०८१ , Koshi
हलेसीन्युजडेस्क, खोटाङ /
कोसी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको छ । असार ३० गते बिराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजेन्द्र कार्की लगायत उपस्थित व्यक्तित्वहरुबाट कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको हो ।
‘पूर्णखोप सुरक्षित भविष्य’ ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिताः पूर्णखोप प्रदेश हाम्रो प्रतिवद्धता’ भन्ने मूल अवधारणा अनुसार राष्ट्रिय निर्देशिकाको कार्यविधि पुरा गरी कोशी प्रदेशका १,१५७ वडा, १३७ स्थानीय तह र १४ वटै जिल्लाहरुले पूर्णखोप सुनिश्चित तथा दिगोपना प्रमाणीकरण गरेसँगै पहिलो पटक कोशी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले हलेसी एफएमलाई जानकारी गराउनुभयो ।
० देखि १५ महिना सम्मका वालवालिकाहरुले सबै खोप प्राप्त गर्नुपर्नेहुन्छ । १५ महिनामा पाउने अन्तिम खोप वच्चाले पाए नपाएको साथै कोही वालवालिका खोपबाट वञ्चित (शुन्य खोप) भए नभएको एकिन गर्न खोज र खोपको नीति अनुरुप वार्षिक घरधूरि सर्वेक्षण गरी १६ देखि ५९ महिनाको बच्चाको खोपको विश्लेषण गरिन्छ । रोगबाट पूर्ण सुरक्षित राख्न सबै वालवालिकाले सबै प्रकारका सबै खोपको सबै मात्रा तालिका बमोजिम लगाउन सकुन भनेर सरकारले यसको निःशुल्क व्यवस्था गरेको हो ।
यो आवमा कोशी प्रदेश भरिका ० देखि १५ महिनाको ८० हजार ९ सय ३ जना वालवालिका र १६ देखि ५९ महिनाका १ लाख ९२ हजार २ सय ५३ वालवालिका गरी कूल २ लाख ८३ हजार १८३ जना वच्चाहरुलाई खोप लगाइएको छ ।
१५ महिनादेखि ५९ महिना मुनिका कोशीप्रदेश अन्तर्गत सबै जिल्लाका सबै बालबालिकाहरुले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका पूर्णखोप लगाएको र जन्मेदेखि १५ महिना सम्मका बालबालिकाहरुले नियमित खोप लगाइएको सुनिश्चित भए सँगैे प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको हो ।
पूर्ण खोप सुनिश्चितता सबैभन्दा पहिले वडातहबाट प्रारम्भ हुन्छ । यो कार्यको अनुगमन, व्यवस्थापन र प्रमाणीकरण वडा खोप समितिबाट हुन्छ । सबै वडा प्रमाणीकरण भएपछि सोको अनुगमन गरी पालिका पूर्ण खोप सुनिश्चित गर्ने जिम्मेवारी पालिका खोप समन्वय समितिको रहन्छ । यसैगरी सबै स्थानीय तहले पूर्णखोप सुनिश्चित गरेपछि सोको अनुगमन गरी जिल्ला खोप समन्वय समितिबाट पूर्णखोप जिल्ला सुनिश्चित तथा दिगोपना जिल्ला प्रमाणीकरण तथा घोषणा गरिन्छ । सबै जिल्लाहरुले पूर्णखोप सुनिश्चित गरेसँगै सोको अनुगमन गरेर प्रदेश खोप समन्वय समितिबाट सिफारिस गरेपछि राष्ट्रिय खोप समनवय समितिबाट प्रामाणीकरण भएपश्चात प्रदेश पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन्छ ।
यो सबै कार्यविधि अनुसारका प्रकृया पुरा गरेपछि कोशी प्रदेश पहिलोपटक पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा भएको हो ।
प्रदेश पूर्णखोप सुनिश्चित घोषणाका लागि विभिन्न चरणमा जिल्लाका सबै स्वास्थ्य कार्यालय र सरोकारवालाहरुको पटक पटक समिक्षा, गोष्ठी गरी यही आषाढ २६ गते यो आर्थिक वर्षका लागि कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने निर्णय भएको जनाइएको छ । यस आवमा संचालन भएको दादुरा रुवेला खोप अभियानमा ५ वर्ष मूनिका वाल वालिकाहरुको छुट खोपको पहिचान, अनुगमन र अभियानसँगै छुट खोप पनि उपलव्ध गराइएको थियो ।
प्रदेश खोप समन्वय समितिका अध्यक्ष एवं प्रदेश सरकार स्वास्थ्य सचिव डा. राधिका थपलियाको सभापतित्व तथा मुख्यमन्त्रि हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कोशी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रममा विशिष्ट अतिथि स्वास्थ्य मन्त्रि राजेन्द्र कार्की, जिल्लाका पूर्ण खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुखहरु एवं अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
[यो पनि-खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित ]
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।