मंसिर ०९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लामा दशौँ उध्योग दिवस विविध कार्यक्रम गरी मनाइएको छ । घरेलु तथा साना उध्योग कार्यालय खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र खोटाङ उध्योग वाणिज्य संघ दिक्तेलको संयुक्त आयोजनामा दशौँ उध्योग दिवस आज विविध कार्यक्रमका साथ जिल्ला समन्वय समितिको प्रांगणमा मनाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्रीले हलेसी एफएमलाइ जानकारी दिनुभएको छ ।
प्रदर्शनीका केहीँ झलकहरु
‘उध्यमशिल सँस्कृति, राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ मनाइएको दशौँ उध्योग दिवसको अवसरमा ढाका, छालाजुत्ता, अल्लोका कपडाहरु, नमुना ढिकीहरु, खुकुरी, घँघरुका कलात्मक लठ्ठीहरु, बाँसका जराका विभिन्न कलात्मक आकृतिका सामाग्रीहरु लगायत जिल्ला भरिका २९ उध्यमीहरुले उत्पादन गर्नु भएका सामानहरुको प्रदर्शनी गरिएको थियो । कार्यक्रममा विभिन्न गाउँपालिकाबाट आउनु भएका १० जना उध्योगी व्यवसायीहरुलार्ई यातायात खर्च वापत जनही रु.२ हजार नगद र नगरपालिकाबाट आउनु भएका उध्योगी व्यवसायीहरुलाई जनही रु १ हजार नगदका साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
यसैगरी घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी सनत कुमार भट्टरार्ईलार्ई लगनशिलताका साथ जिम्मेवारी निर्वाह गरेवापत उत्कृष्ट कर्मचारीका रुपमा सम्मान स्वरुप रु ५ हजार नगद तथा कदर पत्र प्रदान गरिएको घरेलु कार्यालयले जनाएको छ ।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले व्यवसाय उत्पादनमा जोड दिए पनि उचित मूल्य र सहज बजार नपाएको अधिकांश उध्यमीहरुको गुनासो सुनियोे । जति उत्पादनमा जोड दिए पनि यथोचित बजार नपाएको प्रदर्शनी कार्यक्रम स्थलमा अधिकांस उध्यमीहरुबाट गुनासो सुन्नमा आउँथ्यो ।
घरेलु तथा साना उद्योग कार्यालय खोटाङले सिप विकास तालिम दिएर व्यवसायीहरुद्धारा उत्पादन गरिएका सामानहरु प्रदर्शनी गर्ने, प्रचार प्रसार गर्ने, बिक्री बितरण गर्ने सोँचका साथ उद्योग दिवसमा व्यवसायीहरुलाई प्रोत्साहन गर्नका लागि उद्योग दिवस मनाइएको घरेलु तथा साना उध्योग कार्यालय खोटाङका प्रमुख खत्रीले बताउनु भयो । उद्योग व्यवसायीहरुलाई कसरी प्रोत्साहन गर्ने भन्ने सम्बन्धमा स्थानीय सरकार, प्रदेश सरकारको ध्यानाकर्षण गराउन मद्धत पुग्ने र उध्योग व्यवसायलाई प्रवर्द्धन तथा बिस्तार गर्न बल पुग्ने उदेश्यका साथ व्यापक प्रचार प्रशारका साथ दशौँ उध्योग दिवस मनाइएको प्रमुख खत्रीको कथन थियो ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्री, खोटाङ उध्योग वाणिज्य सघंका अध्यक्ष राजनप्रसाद आचार्य, स्थानीय जनप्रतिनिधिहरु लगायत जिल्लाका उध्योगी व्यावसायीहरुको उपस्थिति रहेको थियो ।
[यो पनि--नवौँ उध्योग दिवस खोटाङमा यसरी मनाइयो ]
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !