चैत्र २१, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको सदरमुकाम दिक्तेलबजारमा राष्ट्रिय सहकारी दिवस मनाइएको छ । जिल्ला सहकारी संघ लि.खोटाङको आयोजनामा “सहकारीमा सुशासनः प्रविधि र एकीकरण”भन्ने मूलनाराका साथ सदरमुकाम दिक्तेलवजार स्थित जिल्ला समन्वय समितिको हलमा मंगलवार एक कार्यक्रमको आयोजना गरी ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।
जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष मिलन चाहारको अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघ लेखा सुपरिवेक्षण समिति सदस्य ध्रुव श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा संघको तर्फबाट लेखा समिति संयोजक कविकुमार राईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा उल्लेख भए अनुसार हाल खोटाङ जिल्लामा १३० सहकारी संस्थाहरु नियम सम्मत कार्यरत रहेका छन् । यसैगरी सहकारी क्षेत्रमा प्रत्यक्षतः सैयौँले रोजगारी पाइरहेकाछन् भने अप्रत्यक्ष रुपमा हजारौका संख्यामा यो क्षेत्रसँग आवद्ध रहेकाछन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जिल्लामा रहेको सहकारी संस्थाहरुलाई जिल्ला सहकारी संघले समन्वय र सहजिकरण गर्न ठूलो सहयोग पुराईरहेको भन्दै सहकारी संस्थासँग आवद्ध व्यक्ति र कर्मचारीहरुलाई थप दक्ष र सहकारीको मर्म अनुसार काम गर्न सक्ने बनाउन तालिम प्रशिक्षणको समेत व्यवस्था गर्दै जानु पर्नेमा जोड दिनुभयो । उहाँले जिल्ला समन्वय समितिका तर्फबाट सहकारी संघलाई सहयोग गर्ने कुरामा समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सहकारी दिवसका अवसरमा राजनैतिक दलका तर्फबाट नेकपा माओवादी केन्द्र खोटाङका अध्यक्ष दिपक पाण्डे, नेपाल नेत्र ज्योति संघ खोटाङका अध्यक्ष इन्द्र कसजु, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार वजिमय, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी क्षेत्रमा संख्यात्मक रुपमा सहकारीको विकास भए पनि यसको विश्वसनीयता र गुणस्तरीयतामा कमि आउन थालेकोले यस तर्फ सम्बद्ध व्यक्तिहरुको ध्यान जानुपर्ने औँल्याउनु भयो । सहकारी जस्तो पवित्र अभियानलाई केही संस्था र व्यक्तिहरुका कारण झस्किनुपर्ने अवस्था आउनु सहकारी क्षेत्रमा दुःखद भएको उहाँहरुको टिप्पणि थियो ।
कार्यक्रमको समापनमा बोल्दै सहकारी संघका अध्यक्ष मिलन चाहारले जिल्लाभित्रको सहकारी संस्थाहरुको नियमन र अनुगमनलाई प्रभावकारी बनाउदै सबै सहकारी संस्थाहरुलाई यसको मर्म अनुसार काममा अगाडि बढ्ने वातावरणको सिर्जना गर्ने सोचका साथ संघ लागिरहेको बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !