बैशाख २३, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विध्यालय अन्तर्गत पठन पाठनमा समग्र शैक्षिक सुधारका लागि प्रधानाध्यापक, शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्षहरुको प्रतिनिधिमूलक सहभागितामा ९ दिन निरन्तर कार्यशालाको आयोजना गरी विविध विषयमा छलफल तथा कार्ययोजना तयार गरेको छ । नगरस्तरीय शैक्षिक सुधार दलको संयोजनमा बैशाख १४ गतेदेखि २२ गतेसम्म शैक्षिक विज्ञहरु समेत झिकाई नगरपालिकाभित्रका सामुदायिक विध्यालयहरुका प्रधानाध्यापक, शिक्षक र विव्यास अध्यक्षहरुको प्रतिनिधिमूलक सहभागितामा निरन्तर कार्यशाला सञ्चालन गरी विविध विषयहरुमा छलफल तथा कार्ययोजना तयार गरेको हो ।
शिक्षक तालिमले शिक्षण पेशालाई मर्यादित बनाउने, मनोवल बढाउने, कार्य शैलिमा प्रभावकारिता ल्याउने वैयक्तिक उन्नति गराउन, ज्ञान, सीपको अभिवृद्धि गरि धारणामा परिवर्तन ल्याउने, सिकाईका उद्देश्य पुरा गर्नमा सहयोग पु¥याउने नगर शिक्षा सुधार दलका संयोजक तथा शैक्षिक अभियन्ता सूर्यबहादुर राईले जानकारी दिनु भएको छ ।
विध्यालयका शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकका प्रतिनिधिमूलक सहभागितामा कार्यक्रम अवधि भित्र स्थानीय पाठ्यक्रम परिमार्जन कार्यशाला, निरन्तर विद्यार्थी मूल्यांकन कार्यशाला, बार्षिक कार्ययोजना निर्माण कार्यशाला, शिक्षक निर्देशिका, पाठ्यक्रम पाठ्यपस्तक कार्यशाला, सूचना पविधि स्थापन कार्यशाला, लेखा व्यवस्थापन कार्यशाला, खेल तथा संगित तथा चित्रकला कार्यशाला, जीवनोपयोगि शिक्षा कार्यशाला , पाठ्यक्रमको निर्माण, यसको प्रभावकारिता र औचित्य सम्बन्धमा गहन छलफल गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका शिक्षा शाखाका कर्मचारी नानीराम आचार्यले बाताउनुभयो । उहाँका अनुसार बैशाख १४ गते देखि १८ गते सम्म मुख्य सहजकर्ताको भूमिकामा शिक्षा मन्त्रालयमा लामो समय जिम्मेवारी निर्वाह गरी त्यहाँबाट निवृत्त हुनुभएका पूर्वउपसचिव तथा शिक्षाविद भरत श्रेष्ठले निर्वाह गर्नुभएको थियो ।
नगरपालिकाद्धारा वि.सं. २०७८ सालमा पहिलोपटक प्रकाशनमा ल्याइएको स्थानीय पाठ्यक्रमलाई समयासापेक्ष परिमार्जन गर्दै लैजान मार्गदर्शन दिलाउने उद्धेश्यले यो कार्यशाला राखिएको जनाइएको छ ।
शुरुको कार्यशालामा विध्यालयहरुमा स्थानीय पर्यटन, संस्कृति धार्मिकस्थल लगायत जनजीवनसँग सम्बन्धित विषयवस्तुलाई समेटेर जीवनमूखी पाठ्यक्रम तयार गरिनुपर्नेमा जोड दिइएको थियो । त्यसैगरी स्थानीय जनजातिको प्रयोगमा आइरहेको विभिन्न भाषाभाषिहरुको प्रवद्र्धनमा सहयोग पुग्ने गरी पाठ्यक्रमलाई परिमार्जन गर्न सहभागीहरुको सुझाव प्राप्त भएको थियो ।
त्यस्तै अन्य प्रशिक्षकहरु लक्ष्मिप्रसाद खनाल, पदमकुमार राई, पञ्चकुमार रार्ईले निरन्तर विध्यार्थी मूल्यांकन कार्यशाला, वार्षिक कार्ययोजना निर्माण कार्यशाला, शिक्षक निर्देशिका, पाठ्यक्रम पाठ्यपुस्तक कार्यशालामा सहजिकरण गर्नु भएको थियो ।
सूचना प्रविधि कार्यशालामा पंचकन्या माविका कम्पयुटर शिक्षक टिकाप्रसाद भट्टरार्ई, जनजागृति माविका कम्प्युटर शिक्षक बाबुराम कार्की, शिक्षा शाखाका नानीराम आचार्य, समाविका कम्प्युटर शिक्षक प्रविण आचार्यले सहजीकरण गर्नु भएको थियो ।
लेखा व्यवस्थापन कार्यशालाको नगरपालिकाका लेखा अधिकृत राजकुमार रार्ईले, खेल तथा संगीतमा कार्यशालाका लागि शिक्षकद्धय भक्त बि.क र हेमविक्रम रार्ईले सहजिकरण गर्नुभयो भने चित्रकला कार्यशालामा दिरुम नगरपालिकाका सामीका प्रमुख ओजनबाबु आचार्यले गर्नुभएको थियो ।
अन्तिम दिन जीवनोपयोगी शिक्षा कार्यशालामा शैक्षिक अभियन्ता , नगरशिक्षा सुधार कार्यदलका संयोजक सूर्यबहादुर रार्ई, धुर्ब श्रेष्ठ, डा. निशान्त दाहाल, र दिरुम स्वास्थ्य शाखाका प्रमुख खेम आचार्यले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमको समापन नगर प्रमुख तीर्थराज भट्टरार्ईको सभातित्वमा भएको थियो । समापन कार्यक्रममा बोल्दै यहाँ सिकाइएका सिपलाई आ-आफ्ना विध्यालयमा कार्यन्वयन नगरे यो कार्यशालाको महत्व नरहने उहाँले बताउनुभयो । यसका लागि विध्यालयमा गएर अनुगमन गरिने नगरप्रमुख भट्टराईले भन्नुभयो । शिक्षकहरुका तर्फबाट सविता ढकाल र राजकर्ण राईले कार्यशालामा तयार गरिएको कार्ययोजनालाई र सिकेको ज्ञानलाई सबैले आ-आफ्ना विध्यालयमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरउपप्रमुख वीसन राई, प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राई, शिक्षा सुधार दलका संयोजक तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !