बैशाख २८, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
नेपाल तरुण दल जिल्ला कार्य समितिका सदस्य सुचन राईको रक क्लाइम्विङका क्रममा दुर्घटनाबाट मृत्यु हुन गएको छ ।
विहीवार वेलूकी ५ वजेतिर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नंं ५ कालिका मझुवागढीस्थित बुधेश्वर गुफा नजिक रहेको चट्टानी भीर चढ्ने क्रममा अकस्मात लड्न पुग्दा तरुण नेता राई गम्भिर घाइते हुन पुगेको बताईन्छ ।
गम्भिर घाइते अवस्थामा राईलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पुराइए पनि साँझ ७.०० वजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी श्रोतले जनाएको छ ।
विक्रम सम्वत २०४७ साल माघ १० गते जन्मनुभएका राई नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापतिमा लामो समयसम्म जिम्मेवारी निर्वाह गरी हाल तरुण दल जिल्ला कार्य समिति सदस्यको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । उहाँ नेपाली कांग्रेस खोटाङका प्रदेश सभा (क) का प्रदेश प्रतिनिधि पनि हुनुहुन्थ्यो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।