श्रावण ०७, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लामा शान्ति सुरक्षा सवलिकरण र अपराधिक गतिविधि न्यूनिकरणका लागि सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत रेडियो कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायिक रेडियो हलेसी एफ एमवीच दुवै पक्षको सहकार्यमा नागरिकसँग प्रहरी सेवालाई सञ्चार माध्यमबाट जोड्दै समाजमा घट्न सक्ने अपराधजन्य घटनाहरुबाट सचेत रहन र समुदायमा आपसी सद्भाव र सहयोग बढाउदै शान्ति सुरक्षा सवलिकरणमा नागरिकहरुमा सचेतना जगाउँन सहयोग पुर्याउने उद्धेश्यले आज ‘नागरिकसँग प्रहरी’ रेडियो कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङ र हलेसी एफएमका तर्फबाट निमित्त स्टेशन म्यानेजर सुनिल श्रेष्ठले महिनामा एकपटक ‘नागरिकसँग प्रहरी’ रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गर्ने सहमति भै सोही अनुसार सम्झौता भएको जनाइएको छ । खोटाङ स्थित सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट ‘नागरिकसँग प्रहरी’ रेडियो कार्यक्रम अब हरेक महिनाको १५ गते बिहानको ८.५ देखि ८.२८ वजे सम्म प्रसारण हुने सम्झौतामा उल्लेख गरिएको छ । अपराधिक गतिविधिहरु, विध्युतीय अपराध ठगी, वैंकिङ कसुर, लागु औषध दुर्व्यसनी, आत्महत्या रोकथाम, सवारी दुर्घटना, घरेलु तथा महिला हिंसा न्यूनिकरण, विपद जोखिम नियन्त्रण, प्रकृति संरक्षण लगायतका विषयमा सचेतनामूलक रेडियो कार्यक्रम सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनु भएको छ ।
जिल्लाको विकट तथा दुरदराजसम्म वसोवास गर्ने आम नागरिकलाई सुसुचित तथा सचेतना जगाई अपराध न्यूनिकरण तथा रोकथाम गरी सुरक्षित तथा सभ्य समाज निर्माणमा रेडियो कार्यक्रम प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताउनु भएको छ ।
‘नागरिकसँग प्रहरी’ रेडियो सम्झौता कार्यक्रममा आज जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्रकुमार बजिमय, राष्ट्रिय मानव अधिकार आयोग खोटाङका प्रमुख एवं उपसचिब गीता कुमारी दाहाल, जिल्ला प्रहरी कार्यालय खोटाङका सबै प्रहरी कर्मचारीहरु, यातायात ब्यवसायी सघंका अध्यक्ष राम हिङमाङ, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष सनमान खड्का एबम पत्रकारहरुको सहभागिता रहेको थियो ।
‘नागरिकसँग प्रहरी’ रेडियो कार्यक्रम उत्पादनका लागि प्रहरी कर्मचारीलाई नै जिम्मेवारी दिएको छ भने हलेसी एफ एमका तर्फबाट प्राविधिक सहयोग उपलव्ध गराउने सम्झौता भएको हलेसी एफ एमका नि.स्टेशन म्यानेजर सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !