श्रावण १४, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङमा यस वर्ष १६८ मेट्रिक टन लिची उत्पादन भएको छ । १० स्थानीय तह रहेको जिल्लामा सबै भन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । गत वर्ष १५३ मेट्रिक टन लिची उत्पादन भएको थियो । हाल जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिचीको व्यावसायिक खेती गर्ने गरिएको छ ।
कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिक टन, हलेसी तुवाचुङमा २०.५० मेट्रिक टन लिची उत्पादन भएको छ।
यस्तै जन्तेढुंगा गाउँपालिकामा ९ मेट्रिक टन, बाराहापोखरी गाउँपालिकामा ०.५०, खोटेहाङ गाउँपालिकामा ३६ मेट्रिक टन, दिप्रुङचुइचुम्मा गाउँपालिकामा १८.५० मेट्रिक टन, साकेला गाउँपालिकामा ६ मेट्रिक टन, केपिलासगढी गाउँपालिकामा ०.५० मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत पण्डितले बताउनु भयो ।
स्थानीय सरकारले लिचीका बिरुवा निःशुल्क उपलब्ध गराउँदै आएको एक पटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकाले अन्य किसान पनि लिचीखेतीमा आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले हलेसी एफएमलार्ई बताउनु भएको छ
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।