पौष २९, २०८१ , Khotang
बाँसैबाँसद्धारा निर्माण गरिने संग्राहलयका लागि सहयोग गर्न मन्त्री पाण्डेलाई नगरप्रमुख भट्टराईद्धारा अनुरोध
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालयको उद्घाटन गरेको छ । दिक्तेल रत्नपार्कस्थित चिल्ड्रेनपार्क तथा सपिङ कम्प्लेक्समा स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालयको सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रिप्रसाद पाण्डेले पौष २९ गते सोमवार उद्घाटन गर्नुभएको हो ।
मन्त्रीपाण्डेद्धारा संग्रहालयको अवलोकन
नगरपालिकाले गत वर्ष अशोज १७ गतेदेखि अशोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तराष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीको आयाजना गरेको थियो । उक्त चित्रकला कार्यशाला तथा प्रदर्शनीमा नेपाल सहित १४ राष्ट्रका ४३ चित्रकारहरुले १०६ थान चित्रहरु क्यानभासमा उतार्नुभएको थियो । खोटाङका स्थानीय जनजीवन, धार्मिक तथा पर्यटकीय स्थलहरु, रेडपाण्डा जस्ता दुर्लभ जंगली जनावर, दिक्तेलवजार लगायत स्थानीय बाटाघाटा, जंगल, पहाडहरु, झरना खोला क्यानभासमा उतारेर प्रदर्शनीमा राखिएको थियो । कतिपय चित्रकारहरुले दिक्तेलवजारका विभिन्न स्थानहरुमा लाइभ पेन्टिङ गरेर दर्शकहरुको मन जित्नुभएको थियो ।
दिक्तेल रुपाकोट मझ्वागढी नगरपालिकाले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी चित्रकारहरुद्धारा तयार पारिएका चित्रहरुका साथ अन्य थप महत्वपूर्ण चित्रहरु समावेश गरेर राष्ट्रपति रामचन्द्र पौडेलको वाहुलीबाट उद्घाटन गराई २०८० फागुन ५ गतेदेखि फागुन १७ गतेसम्म े काठमाण्डौँस्थित नेपाल कला परिषद बबरमहलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको आयोजना समेत गरेको थियो ।
उक्त प्रदर्शनीमा राखिएका तस्विरहरु नगरपालिकाले दिक्तेल ल्याई हाल रत्नपार्कस्थित चिल्ड्रेनपार्क तथा सपिङ कम्प्लेक्सको पाँचवटा कोठामा संग्रहालयको रुप दिई सजाएर राखिएका छन् ।
उक्त संग्रहालयको उद्घाटनका क्रममा मन्त्री पाण्डेले नगरपालिकाद्धारा किराँत सभ्यताको अर्थ बोक्ने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको आयोजना गरेर कलाको प्रवद्र्धनमा ठूलो योगदान पुराएको बताउनुभयो ।
सोही अवसरमा नगरप्रमुख तीर्थराज भट्टराईले मन्त्री पाण्डेलाई देश विदेशका ख्यातिप्राप्त चित्रकारहरुद्धारा सिर्जना गरिएका २१० भन्दा वढि चित्रहरुलाई सजाएर राख्न सकिने बाँसैबाँसको कलात्मक संग्रहालय निर्माणका लागि आवश्यक वजेट विनियोजनको माग गर्नुभएको छ । यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पर्यटकीय क्षेत्रहरुलाई जोड्न हुर्लङ–रुपाकोट– सिकुरीभन्ज्याङ–काजपाते–मेरुङ हुँदै गुराँसे तीनथुम्का क्षेत्र समेटी ‘रेडपाण्डा ट्रेल’ निर्माणका लागि समेत वजेट व्यवस्थापनका लागि नगरप्रमुख भट्टराईले पत्रमार्फत ध्यानाकर्षण गराउनु भएको नगरप्रमुखका स्वकीय सचिव चिरञ्जिवी खतिवडाले हलेसी एफएमलाई बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !