पौष २९, २०८० , खोटाङ
रकम नपाएकोमा नगरप्रमुखलाई उजुरी दिने पनि नगरपालिकाबाट सम्मानित
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाले पत्रकार सम्मेलन गरी नगरपालिकाबाट भैरहेको काम कार्यवाहीका बारेमा जानकारी गराएको छ । नगरपालिकाको तर्फबाट आफ्नै सभाहलमा स्थानीय सञ्चारकर्मीहरुलाई आमन्त्रित गरी नगरप्रमुख तीर्थराज भट्टराई तथा उपप्रमुख वीशन राईले हालसम्म भैरहेको गतिविधि र काम कार्यवाहीका बारेमा आज जानकारी गराएको हो ।
नगरप्रमुख भट्टराईले उपभोक्ताहरुले योजना सम्झौता र फरफारकका लागि व्यहोर्नु पर्ने झन्झटलाई महसुस गरी अब उपभोक्ता समिति वा नगरपालिका मार्फत कार्यक्रम सञ्चालन गर्ने नागरिकहरुलाई त्यस्तो झन्झटबाट मुक्ति दिलाउन योजना कार्यान्वयन पुस्तिका कार्यान्वयनमा ल्याएको बताउनुभयो । नगरप्रमुख भट्टराईका अनुसार नागरिकले पुस्तिकामा उल्लेखित कागजात सहित सम्बन्धित वडाबाट सिफारिस ल्याएर नगरपालिकाको योजना शाखामा बुझाएको सात दिनभित्र भुक्तानी गरिने र नगरपालिकाले फोन मार्फत सम्बन्धित व्यक्तिलाई सोको जानकारी गराइने छ ।
त्यस्तै केहीदिन अगाडि गरिएको नगरपालिकाभित्रका विध्यालयहरुमा शैक्षिक गुणस्तर बढाउन कसको कस्तो भूमिका रहने भन्ने शैक्षिक वहस गराइएको, यसमा स्थानीय सञ्चार माध्यमहरुको ठूलो सहयोग रहेको भन्दै नगरप्रमुख भट्टराईले आगामी दिनहरुमा समेत यस्तो शैक्षिक वहसलाई निरन्तरता दिइने प्रतिवद्धता जाहेर गर्नुभयो ।
गत.अशोज १७ गतेदेखि २१ गतेसम्म पहिलो चरणअन्तर्गत सञ्चालित मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा १४ देशका वरिष्ट चित्रकारहरुले सिर्जना गर्नुभएको उत्कृष्ट चित्रकलालाई अब दोश्रो चरण अन्तर्गत नगरपालिकाले यही पौष २७ गते नगरकार्य पालिकाको बैठकबाट निर्णय गरी आगामी फागुन ५ गतेदेखि १७ गतेसम्म काठमाण्डौँको बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शन गरिने पत्रकार सम्मेलनमा नगरप्रमुख भट्टराईले जानकारी गराउनुभयो । उहाँका अनुसार उक्त प्रदर्शनीमा आजसम्म ४२ देशका वरिष्ठ चित्रकारहरु सहभागी हुनका लागि जानकारी प्राप्त भएको छ । उक्त कार्यक्रममा नेपाल सरकारका उच्चतम व्यक्तित्वहरुबाट उद्घाटन गरिने जनाइएको छ ।
त्यस्तै नगरप्रमुख भट्टराई र उपप्रमुख वीशन राईले गत मंसिर १७ गतेखि पौष ३ गतेसम्म दक्षिण कोरियामा गरिएको अध्ययन अवलोकन भ्रमणका सम्बन्धमा पनि स्पष्ट पारिएको थियो । त्यहाँ रहँदा गरिएका उपलव्धिका वारेमा पनि जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलन मार्फत नगरप्रमुख भट्टराईले अस्पतालचोकदेखि खानीडाँडा हुँदै आहालेसम्म निर्माणधिन सडक खण्डका विषयमा हालसम्म भएका प्रगति र चुनौतिका विषयमा समेत स्पष्ट बनाउनुभएको थियो । उक्त सडक खण्डको भानुचोकदेखि हाटडाँडासम्म ढलानका काममा आफू ठेकेदारका तर्फबाट जमानत बसी १६ लाख वढीको सामान दिलाएर काम सम्पन्न गराएको तर ठेकदारले तोकिएको समय नाघेर ६ महिना बितिसक्दा पनि हार्डवेयर पसल व्यवसायीलाई रकम उपलव्ध नगराइदिदा आफू विरुद्ध समेत प्रशासनमा उजुरी परेको तर हार्डवेयरका संचालक अभिषेक कर्णले हिम्मतका साथ मेयरलाइ समेत कायर्वाही गर्न तम्सिनुले आफू प्रभावित बनेको बताउनुभयो । यही कारण आज उहाँलाई नगरपालिकाको तर्फबाट सम्मानित गरिएको थियो ।
यस्तै बाम्राङको बाटोमा वेलायतमा रहने बाम्राङवासीले आफ्नो गाउँको सडक निर्माणमा रकम जुटाएर सहयोग गर्नुभएकोमा नगरपालिकाको तर्फबाट उहाँहरुप्रति धन्यवाद प्रदान गरिएको थियो ।
पत्रकार सम्मेलनमा उपप्रमुख वीशन राईले नगरपलिकाको तर्फबाट कृषि क्षेत्रमा भैरहेको गतिविधिका सम्बन्धमा सञ्चारर्मीहरुबाट राखिएका जिज्ञासाहरुको जवाफ दिदै थप स्पष्ट पार्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !