असार २३, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लालार्ई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । “पुर्ण खोप सुरक्षित भविष्य ” “पूर्ण खोप पाउनु बालबालिकाको अधिकार हो”भन्ने मूल नाराकासाथ आज एक औपचारिक समारोहमा जिल्लालार्ई पुर्ण खोप तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्लाको २ नगरपालिका र ८ गाउँपालिकाहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि खोटाङ जिल्लालाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । जन्मेदेखि १५ महिनासम्मका तथा १६ महिनादेखि ५१ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने १३ प्रकारका सबै खोप दिलाइसकेको निश्चित भएपछि खोटाङ जिल्लालार्ई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्य प्रसाद सिग्देल बताउनु हुन्छ । जिल्लामा जन्मेदेखि पाँच वर्ष भित्रका १६ हजार ५०५ जना बालबालिकाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख एवं पूर्ण खोप समन्वय समितिका संयोजक सनबहादुर राईको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य दुर्गाजयन्ती रार्ई, विशिष्ट अतिथिहरु पूर्वसांसद कुलप्रसाद फुयाल,पूर्व जिल्ला समन्वय समितिका प्रमुख बवि चाम्लिङ, , जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टरार्ई, हलेसीतुवाचुङ नगरपालिकाका प्रमुख विमला राई, रावावेशी गाउँपालिकाकी उपाध्यक्ष कौशिला गुरुङ, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पूण्यप्रसाद सिग्देल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङ, स्वास्थ्य शाखाहरुको तर्फबाट हलेसी तुवाचुङ नगरपालिका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरे उपस्थित हुनुहुन्थ्यो ।
यस्तै आजको समारोहमा विभिन्न दल तथा अन्य संघसस्थाका तर्फबाट समेत सहभागिता जनाइएको थियो । जस अनुसार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुमनबाबु आचार्य, नेकपा एमाले खोटाङका सचिवालय सदस्य चर्चबहादुर विश्वकर्मा, नेकपा माओवादी केन्द्र खोटाङका संयोजक दिपक पाण्डे, जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष पिके खम्बु, राष्ट्रिय स्वतन्त्र पार्टीका डा.राजकुमार राई, फेमली कियर अस्पतालका प्रमुख डा. कृष्णकुमार राई, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्रकुमार बजिमयको सहभागिता रहेको थियो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।