जेठ १४, २०८० , Biratnagar
हलेसीन्युजडेस्क, खोटाङ/
कोशी प्रदेशको नामलाई लिएर त्यसको खारेजीको माग राख्दै आन्दोलनकारीले विराटनगरको सडक तताइरहदा प्रदेश सभाको बैठकमा पनि धेरै सांसदहरुले यो विवाद टुंग्याउन सरकारले आन्दोलनकारीसँग अविलम्व वार्ता गर्नुपर्ने आवाज चर्काएका छन् । पहिचानवादीहरूको आन्दोलनका बीच आजबाट सुरू संसद अधिवेशनमा आन्दोलनकारीसँग वार्ता गर्न शून्य समय लिएर बोल्दै सांसदहरूले आवाज चर्काएका हुन् ।
नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले प्रदेशसभाको बैठक कहिलेसम्म सुरक्षा घेरामा चलाउने भन्दै प्रदेश सरकारलाई प्रश्न गर्नुभयो । कांग्रेस नेता थापाले फेरि पनि सुरक्षा घेराभित्र बसेर सभा सञ्चालन गर्न नैतिकताले नदिने बताउदै वार्तामार्फत समस्या समाधान गर्न माग गर्नुभयो । आन्दोलनलाई कमजोर ठान्न नहुने बताउँदै उहाँले सरकारले वार्तामार्फत समस्या समाधान गर्न चाहेको भए अहिलेको अवस्था नआउने पनि बताउनुभयो ।
प्रदेशसभामा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद कमलप्रसाद जबेगुले आफूहरु जेलमा बसेजस्तो भएको भन्दै समस्याको समाधान गर्न सरकारसँग माग गर्नुभयो । ‘बहुमतको आडमा अल्पमतको कदर गर्न बिर्सियौं, त्यसैले बहुमतले काम अगाडि बढाइरहँदा मानिसले बोल्न पनि नपाउने, हक अधिकारको कुरा गर्न पनि नपाउने र प्रहरीले दमन गर्ने र हामी जेलभित्र बसेजस्तो गर्नुपर्ने अवस्था आयो, यो प्रदेशलाई शान्तिसुरक्षा कायम गर्नका लागि चाँडोभन्दा चाँडो वार्ता मार्फत समाधान गर्नका लागि वार्ता समिति बनाऔं,’ उहाँले भन्नुभयो, ‘यो कौरव र पाण्डवको लडाइँजस्तो अवस्था सिर्जना हुनसक्छ । प्रदेशमा शान्ति सुरक्षा कायम गरेर सुरक्षित ढंगले हिंड्ने वातावरण सिर्जना गर्न पनि वार्ता समिति बनाऔं ।’
कांग्रेस सांसद शमशेर राईले भन्नुभयो -‘हामी बैठकमा बसिरहँदा बाहिर आन्दोलनकारी र प्रहरीवीच झडप भैरहेछ । कैयौँ घाइते भैरहेका छन् । अश्रुग्यास र पानीका फोहरा हानिएको छ । सरकारले यसको समाधान तर्फ वास्ता नगरे आन्दोलन सडकमा मात्र होइन, सदनमा पनि हुनेछ।’ सरकारले तत्काल वार्ता गरेर समाधान खोज्नुपर्ने उहाँको भनाइ थियो ।
माओवादी सांसद गणेश उप्रेती (सुशील)ले जुलुसमा सहभागी मानिसहरू कहाँका हुन् भनेर प्रश्न गर्नुभयो । ‘जुलुस र सडकमा हिँडिरहेका मानिस कहाँका हुन् ? प्रदेशकै हुन् भने उनीहरूको कुरा सुन्ने कि नसुन्ने? असन्तुष्टि बोकेर मानिसहरू सडकमा आइरहेका छन्, ’ उहाँले कटाक्ष गर्दै प्रश्न तेस्र्याउनुभयो ,-- ‘ती मानिसहरू एमाले, कांग्रेस, माओवादी लगायत दललाई भोट हाल्नेहरू नै छन् । वार्ता समिति बनाउन केले छेक्यो ?’ उहाँले थप्नुभयो—‘सडकमा सुनिएका आवाजलाई इग्नोर गरेर हामी अगाडि बढ्न सक्दैनौं । हामीले सिर्जना गरेको समस्या हो । यसलाई समाधान पनि हामीले नै गर्नुपर्छ ।’
अर्का माओवादी सांसद गोम्बु शेर्पाले कोशी नामकरण गरेकै कारण तनावको स्थिति सिर्जना भएको बताउनुभयो । ‘ वार्ता÷संवाद मार्फत विवाद समाधान गर्नु प्रदेश सरकारको दायित्व हो । आन्दोलरत पक्षलाई तुरून्त वार्तामा बोलाएर समस्याको समाधान गरियोस् । अन्यथा आन्दोलनले भोलिका दिनमा बिकराल रूप लिनसक्छ,’ उहाँले भन्नुभयो ।
एमाले सांसद तारादेवी ढकालले पनि वार्तामार्फत समस्या समाधान गर्न माग गर्नुभयो । कांग्रेस सांसद प्रदीपकुमार सुनुवारले पनि वार्ताबाटै अहिलेको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ।
प्रदर्शनकारीले विराटनगरस्थित देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान क्रममा दोहोरो झडप सुरु भएको छ । उनीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहोरा, हवाई फायर, अश्रुग्यासका साथै लाठीचाजका साथै केही आन्दोलनकारीलाई नियन्त्रमा समेत लिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !