मंसिर ३०, २०८० , खोटाङ
० तीर्थराज भट्टराई
दश दिनदेखि केही सिक्न, विकासको मोडल अनुभूत गर्दै कृषि क्षेत्रको अत्याधुनिकिरण विकासलाई नगरपालिकामा कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले अध्ययन भ्रमण गरिरहेका छौ । कोरियाको विभिन्न ठाउँहरुमा । हिजो २६ गते अहिले हामी बसेको गोयाँग शहरबाट ३५० किलोमिटर टाढा दोगु गयौं, ४ घण्टाको यात्रा तय गरेर ।
अत्याधुनिक कारबाट उपप्रमुख वीसन राई , भाषाविज्ञ नवराज काफ्ले, गेंगसियो विश्वविद्यालयका प्रोफेसर किम सोम गंग र बोंग जिल पार्क सहित ५ जना थियौं यात्रामा ।
पार्क हुनुहुँदोरहेछ कुशल गाडी चालक र सामाजिक व्यक्तित्व । लामो समयदेखि विभिन्न सामाजिक संघ÷ संस्था सञ्चालन गरिरहनु भएको रहेछ । “सेवा हि परमोधर्म’’ भन्ने भावनाबाट ओतप्रोत व्यक्ति । हामीलाई पाहुनाको रूपमा ससम्मान आफ्नो गाडिमा राखेर दिनभरीको समय दिनुभयो पार्कले । खर्चको त हिसाब नै छैन डिजल, मोविल, गाडि सर्विसिङ, खानाखाजा लगायत । त्योभन्दा अझै महत्वपूर्ण कुरा पढेलेखेको र व्यवसायिक मानिसले कोरिया जस्तो व्यस्त रहने अत्याधुनिक शहरमा हामीलाई पुरै समय दिनु थिएन चानचुने विषय । म आफैं परिरहेको थिएँ तिनछक्क ! उहाँहरूको मनकारी भूमिकाबाट । उहाँहरूको पनि नेपाल आउने कुरा छ कसरी गर्ने होला सत्कार र सम्मान भनेर लागिरहेकोछ मनमा चिन्ता । हुन त पार्क र प्रोफेसर किंमसंग नवराजजीको पुरानो दोस्ती र प्रेमभावपूर्ण सम्बन्ध । उहाँको त्यही सम्बन्घको कारणले हामीले समेत पाइरहेका छौं सम्मान र स्वागत सत्कार पनि ।
हामी नेपालीहरूको जस्तो चिया पसलमा बसेर प्रधानमन्त्रीदेखि पुछारघरे काकीकोसम्म कुरा काट्ने कहाँ छ त्यस्तो स्वभाव र मान्छेलाई फुर्सद, कोरियामा । विहानदेखि बेलुकीसम्म आफ्नो जिम्माको काम पुरा गर्छन् मेहनत गरेर । त्यसै कहाँ बनेकोछ र कोरिया ५० वर्षको अवधिमा आधुनिक र समृद्घशाली मुलुक ! उनिहरूको सेवाभाव, लगनशीलता र नम्र–व्यवहारले नतमस्तक नै भएँ म त।
विहान ८.२५ बजे हिंडेर घुम्दैघुम्दै पुग्यौं दिउँसो २.१५ बजे थेगु । वीचबाटोमा खाजा र खाना खाइसकेका थियौं हामीले । गाउँको बाटो हँुदै आधुनिक सडक सञ्जाल जोडिएको भएतापनि थेगुभने व्यवस्थित शहर रहेछ । हाम्रो देशमा जस्तो प्रधानमन्त्री, अर्थमन्त्री र शक्तिशाली दाजु भाउजु भएको भरमा विकासका लागि हुदैन रहेछ भेदभाव र सौतेनी व्यवहार । आवश्यकता र समानुपातिक ढंगबाट देखियो नमुना विकासको चित्रण । नेपालमा भए गोरखा, डडेल्धुरा र नुवाकोटमा शक्तिको भरमा पारिन्थ्यो बजेट । थेगु शहरको व्यवस्थित र नमूना विकासले पंक्तिकारले तुलना गर्ने अवसर पायो नेपालको काम गर्ने तरिका र कोरियाको विकास मोडेलको भिन्नता । होसन विश्वविद्यालयमा ३.४० को समय भएकोले कफीसपमा बस्यौं हामी १ घण्टा समयको पर्खाईमा । नेपालमा जस्तो कहिलेकहीँ समयभन्दा अगाडि पुग्ने र कहिले घण्टौं ढिला पुगेर गरिन्न अरूको समय बर्बादी ।
लिएको समय भएपछि हामी पुग्यौं निर्धारित समयमा । हाम्रो स्वागतका लागि प्रतिक्षामा होसन विश्वविद्यालयका अध्यक्ष अन्दाजी ५० वर्षीय किम जो ह्योन र अन्य अधिकारीहरू रहेछन् तयारीमा । जानेसाथ अनौपचारिक चिनजान र अनुभव साटासाट ग–र्यौं दुबै पक्षले । दिक्तेलको सिजान भनेर नवराजजीले परिचय गराउँदा भए नतमस्तकर र गरेँ ठूलो सम्मान । तीर्थ– विसनको सम्मान र सत्कार होइन त्यो ईज्जत खोटांगे नागरिक र नगरवासीको लागि थियो संस्थागत सम्मान । मेरो बुझाईमा जापान हुँदै मुन्दुम चित्रकलाको माध्यमबाट जोडिएको हो यो अन्तराष्ट्रिय सम्बन्ध । प्रदर्शनीको तयारीमा जुट्नुपर्ने भएकोले धनुजी आउन सक्नुभएन कोरिया । ठाउँठाउँमा उहाँको अनुपस्थिति खड्कियो हामीलाई । तर पनि कोरियाली प्रोफेसरसँग नवराजजीको घनिष्ठ सम्बन्धले हामीलाई कतै भएन असजिलो महशुस ।
हाम्रो भ्रमणको उद्देश्य र नगरपालिकाको संक्षिप्त जानकारी गराएपछि अध्यक्ष किमले विश्वविद्यालयको बारेमा संक्षिप्त जानकारी दिँदै आगामी दिनमा नगरपालिकासँग साझेदारी गर्ने जनाउनुभयो प्रतिबद्धता । एकघण्टाको दोहोरो छलफलमा नेपालको बहुधार्मिक, बहुभाषिक, कृषि-पर्यटन र साँस्कृतिक क्षेत्रको अध्ययन गर्दै द्विपक्षीय सम्बन्ध विस्तार गर्न छिट्टै नै दिक्तेल आउने बचन दिनुभयो अध्यक्षले । अतिथि सत्कारमा चिसो सादा चिया, जुस, कुकिज र पानी राख्ने प्रचलन रहेछ कोरियामा । जहाँजहाँका गयौं प्रायः यस्तै सत्कार र सानोतिनो जेजस्तो भएपनि दिनैपर्ने उपहार । यो संस्कृति र सभ्यता नै रहेछ कोरियाको ।
।
प्रोफेसर पार्क, नवराजजी र अध्यक्षवीच कोरियन भाषामा १० मिनेट जमेर कुराकानी भयो–खोटाङको अवस्थाको बारेमा । बेलाबेलामा हामीसंग सोध्नुहुन्थ्यो नेपालीमा नवराजजीले नबुझेको विषय । विश्वविद्यालयको भौतिक पूर्वाधार र डिजिटल कक्षा कोठाको अवलोकन गरी करिब ५ बजे मात्रै हामी निक्ल्यौं विश्वविद्यालयबाट । करोडौं लगानी, अत्याधुनिक भवन र उपकरण सर्सर्ती हेर्दा व्यवस्थापन पनि चुस्त देखिन्थ्यो । ठूलो साँझ परिसकेको रहेछ बाहिर निक्लँदा । भित्र बत्तिको उज्यालोले मध्य दिन जस्तै लागेको थियो । विदा भएर हामी विश्वविद्यालयबाट निक्लियौं ।
हामीले लामो बाटोको यात्रा तय गर्नुपर्ने छ वासस्थान फर्कन । नेपालको सडकको दूरी हिसाब गर्दा दिक्तेलबाट हाराहारी हुनुपर्छ पोखरासम्म । तर समयको हिसावले दिक्तेलबाट पोखरा जान गाडिमा १४-१५ घण्टा लाग्ला, कोरियामा भने ४ घण्टा हाराहारी । खुल्ला खाली सडकमा गाडी चलाउँदा १ घण्टामा १३० किमिसम्मको मैले ख्याल गरेँ । तर हामी विस्तारै हेर्दै–बुझ्दै हिंडिरहेका थियौं । १ घण्टाको यात्रापछि कफी खाने ठाउँमा रोक्नुभयो किमजीले । ठाउँठाउँमा अत्याधुनिक शौचालय थिए हामीले राम्रै प्रयोग गरौं तिनको । करिब बेलुकी ७ बजे खानाखान गाडि पार्किंग गर्नुभयो एउटा होटल अगाडी ।
होटल पुगेपछि मेरो लागि शाकाहारी खाना खोज्ने चिन्ता हुन्थ्यो कोरियन मित्रहरूलाई । सुँगुर, गाई–गोरूको मासु, कुखुरा केही नखाने शाकाहारी थिएँ म । यस्तो होटल पाउन दुर्लभ नै रहेछ कोरियामा । ३ वटा चहारेपछि मलाई मिल्दोजुल्दो भेटियो होटल । २ दिदी बहिनीले सञ्चालन गर्नुभएको रहेछ होटल । करिब २०-२५ जनासम्म अटाउने एकतले घर सञ्चालित होटल । पछाडि पट्टिको खुल्ला ठाउँमा बाहिर बस्यौं हामी । सेकुवा, छ्याँग र कोरियन परिकार मगाउनुभयो मेनु हेरेर किमले ।
माग गरेको १५ मिनेटमा आयो टेवुलभरी खाने परिकार र २ आरी सुँगुरको मासु । हाम्रो गाउँठाउँमा जस्तो होइन रहेछ, सेकुवा बनाउने तरिका । टेवुलको माथि हुँदोरहेछ आधुनिक वाकस र धुँवाजान रिंग लगाएको नरम फलामको पाइप । सेकुवा बनाउँदा आवश्कता अनुसार पाइपलाई तलमाथि गर्न मिल्ने लग्जरी । तल आकर्षक ड्रम र माटोको भाँडामा झरझराउँदा कोइला ।
कोरियन परिकार अनुसार मैले शाकाहारी र साथीहरूले सुँगुरको मासु भट्टिमा पोल्दै खान शुरू गर्नुभयो । सामान्य उसिनेको मासु भएकोले ५-७ मिनेटमा योग्य हुनेरहेछ त्यहाँ सेकुवा खानलाई ।
होटलमा प्रायः सबै टेबुल भरिएका थिए कोरियन ग्राहकहरुले । खानाको परिकार र सेकुवासँग लोकल रक्सी, वियर, ह्विस्की र लोकल छ्याँगका बोतल थिए सबै टेवुलमा । नेपालमा जस्तो शैलिगत बिहारी ट्वाके हल्ला बिल्कुलै थिएन त्यहाँ । सँगै बसेको टेवुलको साथीले भन्दा अरूले सुन्दैन थिए जड्याहा कुरा । दिनभरीको थकान र परिवारले मनोन्जन लिने ठाउँ जस्तो रहेछ त्यहाँको वातावरण हेरेर लख काट्दा । हुनत कोरिया जस्ता विकसित राष्ट्रमा केटा र केटीसँगै वसेर खानेसाथ गिद्दे नजरले हेर्दै शंका गरेर लगाइन्न आरोप–प्रत्यारोप पनि । हाम्रोमा अलिक बढि स्वच्छन्दता र त्यहाँ स्थापित छ इच्छा अनुसारको स्वतन्त्रता । भनिन्छ आंशिक र दिर्घकालिन सम्बन्ध कायम गर्न पुरूष वा महिलालाई त्यहाँ रोकतोक छैन परिवारका सानाठूला कुनै सदस्यहरूबाट ।
हाम्रो टेबुलमा पनि २ ग्लास लस्सी र २ वोतल सेतो छ्यााग ल्याएर राखिन बहिनीले । १ घण्टाको बसाईमा २ लिटर छ्याँग, २ गिलास लस्सी र टेवुलका सबै परिकार सक्यौं हामीले । नेपालमा जस्तो तुंग्वा र छ्याँग प्रत्यक्ष बनाउने र ग्राहकलाई खुवाउने रहेनछ अभ्यास कोरियामा । हरेक खाद्यान्न होस् वा सामग्रीमा हुनै पर्ने शिलबन्दी सहितको निर्धारित मूल्य र समयावधिको मिति । बाहिरबाट हेर्दा हरियो बोतलमा सेतो छ्याँग मोही जस्तै सेतो देखिने र स्वादिलो जस्तो अनुभूत भयो मलाई । नेपालको छ्याँग र कोरियाको छ्याँगको स्वाद, बनाउने तरिका र थकान मेटाउँदै आनन्दको अनुभूति तब मात्रै हुन्थ्यो जब दुबैको स्वाद लिएको होस् त्यो स्वादे जिब्रोले । टेबुलमा राखिएको छ्याँग वा परिकारको जब आनन्दले लिइन्छ स्वाद र न हुन्छ पूर्ण अनुभूति खाने कुराको ।
समाजसेवी किम गाडि चालक हुनुभएको कारण र म तागाधारी ब्राह्मण भएकोले छ्याँगलाई हामी दुबै जनाले मात्रै नेत्रपान गर्यौ र लस्सीको स्वाद लियौं भने विसनजी, अर्का तागाधारी ब्राह्मण नवराजजी र प्रोफेसर पार्कले राम्रै स्वाद लिनुभयो छ्याँगको ।
कोरियन नागरिक पार्कले अमेरिकाको विश्वविद्यालयमा बसेर ३० वर्ष लेक्चरगिरी गर्दा त्यहाँको लोकल छ्याँगको स्वादलाई परख्नुभएको थियो भने किराँत परिबारमा जन्मनु भएको वीसनजीले त छ्याँगको गहिराईमा राम्रै डुबुल्की मार्नुभएको हुनुपर्दछ । जन्मदा पनि रक्सी र मृत्यु संस्कारमा पनि रक्सीको प्रयोग गर्ने संस्कृति अद्याबधि छँदैछ किराँतबंशमा । किरात संस्कृति अद्भुत र प्रत्यक्ष जीवनोपयागी मानिन्छ नेपालमा । तागाधारीको तुलनामा कम विभेद, व्यबहारिक , स्वतन्त्र र प्रकृति पुजक मानिन्छ । म माझकिरातको तागाधारी भएपनि खानपानमा भने छैन विगतदेखि नै किरात संस्कृतिको गन्ध । तर व्यबहार र जीबनशैलीमा भने प्रशस्तै छ किराती झ्वाक अनि ब्यबहार । रातदिनको रहनसहन र जीवन पद्धतिले समाजमा कहाँ भइन्छ र अछुतो ।
वीसनजीको ख्वाई र हाउभाउले नेपालको स्वच्छ हावापानी तथा आफ्नै धुलोमाटोमा तयार भएको ताजा र शुद्ध जस्तो हैन रहेछ यो शिलबन्दी गरिएको छ्याँग भन्ने लख काटिरहें मनमनमा । हुन त सिकारू नवराजजी र वीसनजीले छ्याँगको चुस्की लिएर हेराहेर गर्दै सन्काएका आँखा,फट्कारेको जिब्रो, उग्राएको मुख र उन्मुक्त ठट्यौली हाँसो हेर्दा नसाको मात्रा राम्रै भएको भान दिई रहेको थियो । गोरो प्रोफेसर पार्कको अनुहारमा रगतको मात्रा बढेर रसिलोपनको वृद्धिबाट पनि छ्यांगको दमलाई आंकलन गर्न मलाई धेरै भएन अप्ठ्यारो । मैले सोमरसको स्वाद नलिए पनि ३५ वर्षे नजिकको संगतले राम्रै लिएको छु मतुवाको अनुभव र पिउँदा शरीरमा आउने स्फुर्ति सहितको अनुभूति । हाम्रो टेबुलमा राम्रै आयो वील र भुक्तानी गर्नुभयो किमले ।
दिनभरीको गाडिको थकान, छ्याँगको चुस्की लिने साथीहरूसँगको वातावरणीय प्रभावका कारण राम्रै सुतियो गाडिमा । राति ११.२५ बजे हामी पुग्यौं बासस्थानमा । प्रोफेसर पार्क र समाजसेवी किम हामीसँग विदा भएर हिंड्नुभयो त्यहाँबाट ।
अन्त्यमा, हाम्रो यात्रा, विश्वविद्यालयको भेट र नगरपालिकाको लागि कोरियामा भईरहेका गतिविधिका विषयमा समिक्षा गरी हामी तिनै जनाले ११.५० बजे आराम ग-यौँ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !