जेठ २४, २०८० , Kepilashgadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको केपिलासगढी गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका १६ महिना देखि ५ बर्ष उमेर समूहका बालबालिकाले लगाउनुपर्ने सबै प्रकारका (१३ किसिमका) खोप लगाएको सुनिश्चित भएसँगै मंगलवार औपचारिक कार्यक्रमका वीच केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
केपिलासगढीको बाक्सिलावजार स्थित कभर्डहलमा भएको औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं पूर्ण खोप समन्वय समितिका संयोजक सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पूण्यप्रसाद सिग्देल, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्की, पालिका स्वास्थ्य संयोजक शिवकुमार राई लगायतले पूर्ण खोप सुनिश्चितता घोषणा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेर पालिकालाई पूर्णखोप सुनिश्चित भएको घोषणा गर्नुभएको हो ।
हालसम्म साकेला गाउँपालिका, बाराहापोखरी गाउँपालिका, दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका, रावावेशी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिकाहरुले पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेकाछन् ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।