भदौ २९, २०८० , Rawabesi Rum
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको रावाबेसी गाँउपालिका वडा नं. ६ हौँचुर र हातेमालो महिला सञ्जाल र वडा नं.. ५ दुबेकोल खोटाङको संयुक्त आयोजनामा तिज लक्षित बिभिन्न कार्यक्रमहरु फरक/फरक मितिमा गरिने भएको छ । जिल्लाको रावाबेसी गाँउपालिका वडा नं.६ हौचुरमा यही असोज १ गते हरितालिका तिजको दिन कार्यक्रम गरिने भएको छ । मौलिक भेषभुषा र परम्परागत संस्कृतिलाई निरन्तरता दिने हेतुले हरितालिका तिज बिशेष कार्यक्रमको आयोजना गरिएको रावाबेसी गाँउपालिका वडा नं.६ का वडा अध्याक्ष चिरञ्जीवी कार्कीले बताउनु भयो । तिज बिशेष कार्यक्रमहरुमा संगिनी नाच, खुल्ला लोक नृत्य, खुल्ला एकल नृत्य , तातोआलु जस्ता खेलहरु हुने वडा नं. ६का महिला सदस्य देवकला भुजेलले जानकारी दिनुभयो ।
यस्तै प्रथम, दोस्रो र तेस्रो हुने सहभागीहरुलार्ई सम्मान स्वरुप पुरस्कारहरुको व्यवस्था पनि गरिएको छ । पुरस्कारहरुमा संगिनी नाचतर्फ प्रथमलार्ई नगद रु.६०००, द्धितिय हुनेलार्ई रु ४०००,र तृतिय हुनेलाई रु ३००० हजारको ब्यबस्था गरिएको छ । यस्तै ,खुल्ला लोक नृत्यतर्फ प्रथम हुनेलार्ई नगद रु,६००० द्धितिय लार्ई रु ४००० र तृतिय हुनेलाई रु ३००० हजार ब्यबस्था गरिएको छ । यस्तै, खुल्ला एकल नृत्यतर्फ प्रथम हुने लार्ई नगद रु १५००, द्धितिय हुनेलार्ई रु १००० र तृतिय हुनेलाई रु ५०० र तातोआलु खेलतर्फ प्रथमलाई रु १५००,द्धितिय हुनेलार्ई रु १००० र तृतिय हुनेलाई रु.५०० नगदको व्यवस्था गरिएको दलित महिला सदस्य सुनिता पाचँकोटीले जानकारी दिनु भयो ।
यस्तै हातेमालो महिला सन्जाल र रावाबेसी गाउँपालिका वडा नं.– ५ दुबेकोल खोटाङको आर्थिक सहयोगमा तिज लक्षित कार्यक्रम गरिने भएको छ ।रावाबेसी गाउँपालिका वडा नं. ५ को आथिक सहयोगमा यहि भदौ ३० गते भोली तिज विशेष कार्यक्रम गर्न लागेको रावाबेसी गाँउपालिका वडा नंं ५ का वडा अध्यक्ष मोहन कुमारगुरुङले जानकारी दिनु भयो । तिज बिशेष कार्यक्रममा संगिनीनाच, तिज गितमा खुल्ला लोकनृत्य र तिज शिर्षकमा खुल्ला कविता वाचन प्रतियोगिता गर्न लागिएको हातेमालो महिला सन्जालकी अध्यक्ष टीका पोखरेलले जानकारी दिनुभयो ।यस्तै प्रथम, दोस्रो,र तेस्रो हुने सहभागीहरुलार्ई सम्मान स्वरुप पुरस्कारहरुको व्यवस्था पनि गरिएको छ ।
पुरस्कारहरुमा संगिनी नाचतर्फ प्रथमलार्ईनगद रु.२५००, द्धितियहुनेलार्ई रु २०००र तृतिय हुनेलाई रु १५००,यस्तै लोक नृत्यतर्फ प्रथमलार्ईनगद रु.२०००, द्धितिय हुनेलार्ई, रु १५००र तृतिय हुनेलाई रु १००० र कविता प्रतियोगितातर्फ प्रथमलार्ई रु १५०० द्धितियलाई रु १०००, र तृतिय हुनेलाई रु ५०० को व्यवस्था गरिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।