बैशाख ०८, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा प्रदेश सरकार, करुणा फाउण्डेशन नेपाल र गाउँपालिकाको साझेदारी तथा राष्ट्रिय अपांगता महासंघको प्राविधिक सहयोगबाट अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भैरहेको छ । गाउपालिकाको सबै वडाहरुमा बैशाख ६ गते देखि ११ गतेसम्म अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षण, अपांगता परीचयपत्र वितरण तथा आबश्यकता पहिचान शिविर सञ्चालन भैरहेको हो ।
बैशाख ६ गते वडा नं. २ बोपुङमा पहिलो शिविर सञ्चालन भै ५१ जनालाई विभिन्न वर्गको परिचयपत्र वितरण गरिएको पालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताउनुभयो । विवरण संकलन गर्दा ७० जनाले नाम दर्ता गराएको तर ५८ जना शिविरमा उपस्थित भएको र उहाँहरुको स्वास्थ्य परीक्षण गरिँदा ५१ जनाको नाम सिफारिस भएपछि उहाँहरुलाई परिचयपत्र प्रदान गरिएको उपाध्यक्ष खड्काले बताउनुभयो । सोही शिविरमा आफू घुँडा दुख्ने र सहजताका साथ हिडडुल गर्न नसक्ने भन्दै गोरुगाडा चढेर २ घण्टाको बाटो छिचोल्दै ५८ वर्षीय गोविन्द राई पनि परिचयपत्रका लागि आउनुभएको थियो । तर उहाँको स्वास्थ्य परिक्षण पछि थप उपचारका लागि रिफर गरिएको जनाइएको छ ।
त्यस्तै ७ गते वडा नं ३ काहुलेमा शिविर सम्पन्न भएको थाहा भएको छ । काहुलेमा विवरण संकलन गरिदा ४१ जनाको नाम दर्ता भएको र शिविरमा ३७ जना उपस्थित भएकोमा स्वास्थ्य परिक्षण गरिँदा ३४ जनाको सिफारिस भएपछि उहाँहरुको शारीरिक अवस्थानुसार विभिन्न वर्गको परिचय पत्र प्रदान गरिएको उपाध्यक्ष खड्काले जनाउनुभयो ।
यसैगरी बैशाख ८ गते डमर्खुशिवालय, ९ गते दिप्लुङ, १० गते देविस्थान र ११ गते चिसापानीमा अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको शिविर रहने बताइन्छ । वडा कार्यालयबाट टाढा रहने शारीरिक रुपमा अशक्तहरुका लागि पालिकाबाट घरमै पुगेर स्वास्थ्य परिक्षण गरी परिचयपत्र प्रदान गरिने जनाइएको छ ।
तस्विरमा शिविरका केही झलकहरु
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !