पौष १६, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको वीपी स्मृति भवन दिक्तेलवजारमा राष्ट्रिय मेलमिलाप दिवस मनाइएको छ । नेपालमा प्रजातन्त्र प्राप्तिका निम्ति आजीवन जननायक वीपी कोइराराले खेल्नुभएको भूमिकालाई स्मरण गर्दै नेपाली कांग्रेस नगर कार्यसमिति दिक्तेलको आयोजनामा आज ४८ ओैँ राष्ट्रिय मेलमिलाप दिवस मनाईएको हो ।
बैदेशिक हस्तक्षेपबाट देश जोगाउन वीपी कोईरालाले २०३३ साल पुस १६ गते आजकै दिन तत्कालिन राजा बीरेन्द्र लगायत देशका अन्य शक्तिहरुसँग राष्ट्रिय एकता तथा मेलमिलापको नीति अँगाल्दै जननायक वीपी कोईराला आफ्ना साथीहरुसँग भारत निर्वासनबाट स्वदेश फर्किनुभएको थियो । सोही सन्दर्भमा नेपाली कांग्रेसले हरेक वर्ष मेलमेलाप दिवस मनाउँदै आएको कार्यक्रमका सभापति तथा दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाका नगरकार्य समिति सभापति प्रकाश श्रेष्ठले बताउनु भयो ।
जव जव देशमा अन्तर्राष्ट्रिय हस्तक्षेप बढछ, त्यतिबेला आन्तरिक मतभेद थाती राखेर सबै देशभक्त नागरिकले एकजुट हुनुपर्ने नीति राष्ट्रिय मेलमिलाप दिवसको मर्म भएको उहाँले बताउनुभयो । आफ्नो डेढवर्षको जननिर्वाचित प्रधान मन्त्रित्वको कार्यकालमा वीपी कोइरालाले नै गाउँमा सानो झुपडी, एउटा दुहुनु गाई, गाउँमै स्वास्थ्य चौकी र एक समुदाय एक बिद्यालयको अवधारण ल्याउनु भएको थियो । गाउँको बिकास र समृद्धिका लागि काठमाण्डौ केन्द्रित नेताहरुले दृढसंकल्पका साथ गाउँ गाउँमा संगठनमा लाग्नुपर्ने नगर सभापति श्रेष्ठको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्य समितिका पार्टी उपसभापति तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले अहिले व्यवस्था माथि नै आक्रमण हुन थालेको बताउदै राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर हरेक नागरिकहरु एकताका साथ गाउँदेखि समग्र मुलुकको बिकासको लागि हातेमालो गर्दै अगाडि बढनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य सुमनवावु आचार्य, महाधिबेशन प्रतिनिधि डिल्लिकुमारी आचार्य, जिल्ला कार्य समिति सदस्य तथा वडा नं. १ का वडाध्यक्ष नवराज राई, क्षेत्रीय सभापति दिनेशकुमार घिमिरे,ने.बि.संघ सभापति मोतीचन्द्र राई लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रम तरुण दल खोटाङका सभापति काजीमान राईले सञ्चालन गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !