जेठ १३, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङमा राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिकोत्सव तथा २५ औँ स्थापना दिवसको अवसरमा शुभकामना कार्यक्रम आयोजना गरिएको छ । मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय खोटाङद्धारा कार्यालय प्रमुख गीता कुमारी दाहालको सभापतित्व तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा आज (जेष्ठ १३) जिल्ला समन्वय समितिको सभाहलमा आयोगको २४ औँ वार्षिकोत्सव तथा २५ औँ स्थापना दिवस मनाउदै शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यालयका लेखा अधिकृत उत्तम आचार्यले कार्यक्रममा उपस्थित सम्पूर्णलार्ई स्वागत गर्दै आयोगले राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय तहमा पनि समन्वय र सहकार्य गर्दै नेपाली नागरिकको मानव अधिकार संरक्षणमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कार्यालय प्रमुख दाहालले आयोगका तर्फबाट कोशी प्रदेश शाखा कार्यालयको क्षेत्राधिकारभित्र हालसम्म भएका मानव अधिकार संरक्षण तथा सम्वर्द्धन सम्बन्धि कार्यहरूको प्रतिवेदन सरोकारवाला निकाय, मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, गैरसरकारी संस्थाहरूको बीचमा सार्वजानिक गर्नुभयो । आयोगले मानव अधिकार संरक्षण तथा सम्वर्द्धनमा खेलेको भूमिका, सम्पन्न भएका कार्यहरू र आगामी योजनाको बारेमा कार्यालय प्रमुख दाहालले विवरण प्रस्तुत गर्दै आयोगद्धारा रणनीतिक योजनाले मार्गदर्शन गरेको प्राथमिकताहरूलाई आत्मसात गर्दै संविधान र प्रचलित कानूनले दिएको अधिकार क्षेत्र अन्तर्गत रहीे कार्य गरिरहेको जानकारी गराउनु भयो ।
उहाँले देशमा भएका मानव अधिकार आन्दोलनको प्रमुख लक्ष्य समाजमा रहेका विभेद अन्त्य गरी चरम गरिबी न्यूनिकरण र देशको चौतर्फी विकास गरी थप रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । यसको लागि राज्यका निकाय, दातृनिकायहरू, नागरिक समाज, राजनैतिककर्मी, पत्रकार, पीडित पक्ष लगायत सबै सरोकारवालाबीच आपसमा हातेमालो गरी अगाडि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो । मानव अधिकारको संरक्षण, सम्वर्द्धन र सुनिश्चितताको लागि सहकार्यका साथ अगाडि बढ्न उहाँले सबैमा आग्रह पनि गर्नुभयो ।
वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ईले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार संरक्षण तथा सम्वर्द्धनमा पु-याएको योगदान तथा मानव अधिकार सँस्कृतिको विकासमा खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभयो । आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कहीँबाट आँच आउन नदिन स्थानीय सरकार सदैव प्रतिबद्ध रहेको उहाँले बताउनु भयो । साथै स्थानीय निकायबाट जनताका आधारभूत अधिकार घरदैलोमा पुराउने, छिटोछरितो रूपमा जनतालाई सेवा प्रवाह गर्ने, आफनो क्षेत्रको विकास निर्माणमा उल्लेख्य योगदान गर्दा गर्दै पनि निमार्ण व्यवसायीको जिल्लामा निकै ज्यादति रहेको र आफू नगरप्रमुख जस्तो ब्यक्ति पनि पीडित बन्नुपरेको कार्यक्रममा उल्लेख गर्नु भयो । उहाँले सामुदायिक कुकुर बन्ध्याकरण, बाँदर ब्यवस्थापन, अपांगता भएका व्यक्तिहरुको सेवामा नगरपालिकाका सबैै वडाहरुमा शिविर सञ्चालन, नगर र नेत्र ज्योति सघंसँग सहकार्य गरेर १०२ वर्षको बुबासँगै अन्य धेरै ब्यक्तिहरुको आँखाको शल्यकृया गर्न सफल भएको पनि कार्यक्रममा उल्लेख गर्नुभयो । उहाँको कथन थियो–‘मानव अधिकार प्रत्याभूत गराउने काममा यस्ता गतिविधिहरुले ठूलो महत्व राख्नेछ ।’
कार्यक्रमा सहभागी प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले मन्तव्य राख्नु हुँदै जिल्लामा बालअधिकारसँग सम्बन्धित बालविवाह, बालश्रम, बालबालिका माथि हुने शारीरिक दण्डसजाय, महिला अधिकारसँग सम्बन्धित घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार, मानव वेचविखन जस्ता कुरीतिहरुको निर्मूल गराउदै जेष्ठ नागरिकका अधिकार, अपाङ्गता भएका व्यक्तिको पहुँच र संरक्षण हुनुपर्नेमा जोड दिनुभयो । त्यसै गरी, जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश कुमार तामाङ र खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचायले द्वन्द्वपीडितलाई न्याय, स्वास्थ्यको अधिकार, शिक्षाको अधिकार, सबै प्रकारका विभेद, खाद्य अधिकार तथा खाद्य सुरक्षा, वातावरणीय अधिकार, स्वास्थ्य तथा सरसफाई, विकासको अधिकार, प्राकृतिक प्रकोप, भौतिक पूर्वाधारको विकास, काुननी सचेतनाजस्ता सवाललाई प्राथमिकतामा राखिनुपर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा अन्य सहभागी अतिथिहरुमा नेकपा एमालेका नेता कुमार आचार्य, रास्वपाका नेता बिनोद थापा, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का, सशस्त्र प्रहरी बल ७ नं. गुल्म हलेसीका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णबहादुर बम, जिल्ल समन्वय समिति सदस्य दुर्गाप्रसाद घिमिरे, वडा नं. १ का वडाध्यक्ष नवराज राई, वडा नं. ५ का वडाध्यक्ष दिनेशकुमार घिमिरे, नगरकार्य पालिका सदस्य अन्जना बस्नेत, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, सञ्चारकर्मीहरु,मानव अधिकारकर्मी लगायत अन्य बुद्धिजिविहरुको उपस्थिति रहेका थियो ।
कार्यक्रमको सहजिकरण राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङका अधिकृत दिपेश बस्नेतले गर्नुभएको थियो ।
[ यो पनि-साकेलामा मानव अधिकार आयोगद्धारा एकदिने शैक्षिक छलफल कार्यक्रम सम्पन्न }
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान