असार ११, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ जिल्लाकोे साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि कूल रकम रु.३३ करोड ८८ लाख ८१ हजारको बजेट पेस गरेको छ । गाउँपालिकाको सभाहलमा आइतवार सम्पन्न १३ औ गाउँसभाबाट साकेला गाउँपालिकाले आफ्नो नीति, कार्यक्रमका साथ कूल रु. ३३ करोड ८८ लाख ८१ हजारको अनुमानित बजेट पेश गरेकोे हो ।
‘सुसंस्कृत, सँस्थागत र समृद्ध साकेला’ भन्ने मूल नाराका साथ गाउँपालिका अध्यक्ष रविप्रकाश राईको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष विर्सिका राईले नीति, कार्यक्रम तथा वजेट प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष राईले गाउँपालिकाकोे चालु आर्थिक वर्ष २०७९/०८० मा रु. ३७ करोड ७४ लाख ७५ हजार रकम विनियोजन गरेकोमा असार ८ गतेसम्म रु. २६ करोड ४७ लाख १८ हजार रकम अर्थात कूल बजेटको ६२.४५ प्रतिशत मात्र खर्च भएको विवरण सुनाउनुभएको थियो ।
त्यस्तै उपाध्यक्ष राईले आगामी आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन गरिने प्रमुख कार्यक्रमहरु र विनियोजित बजेट विवरण प्रस्तुत गर्दै आय तर्फ नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गत रु.७ करोड ११ लाख , राजश्व वाँडफाँडबाट रु. ६ करोड ७९ हजार , सशर्त अनुदान तर्फ रु. १६ करोड ४१ लाख र विशेष अनुदान तर्फ रु. १ करोड ५० लाखको वजेट रहेको बताउनुभयो ।
त्यसैगरी प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रकम रु. ४० लाख ९४ हजार , सवारी कर वाँडफाँडबाट रु.२७ लाख ५३ हजार, प्रदेश सशर्त अनुदान चालु रु. २९ लाख ३० हजार मात्र रहेको उल्लेख गर्नुभयो ।
संघको समपुरक अनुदान रकम रु. १ करोड ३५ लाख, आ.व. २०७९/०८० को राजश्व संकलन दरलाई समेत आधार मानी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रक्षेपित राजश्व रकम रु. १५ लाख जम्मा आम्दानी रकम रु. ३३ करोड ८८ लाख ८१ हजार हुने जनाइएको छ ।
यसरी संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने रकम र पालिकाको आन्तरिक राजश्व संकलनबाट प्राप्त रकम चालु तथा पूँजीगत गरेर आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि कुल बजेट सिमाङ्क रकम रु. ३३ करोड ८८ लाख ८१ हजार वजेटको प्रक्षेपित अनुमान गरिएको छ ।
त्यस्तै आगामी आर्थिक वर्ष २०८०/०८१ मा खर्च वजेटको विवरण समेत पेश हुँदा चालु तर्फ रु. २१ करोड ९३ लाख ५७ हजार रुपैंया, पूँजीगत तर्फ रकम रु. ११ करोड ९५ लाख २४ हजार गरेर यसरी सवै क्षेत्रको कुल रुकम रु. ३३ करोड ८८ लाख ८१ हजारको प्रक्षेपित अनुमान गरिएको उल्लेख छ ।
आइतवार पेश भएको कार्यक्रममा साकेलाको वृहत पर्यटकीय क्षेत्रको विकास गरी आगामी चार वर्षभित्र नमूना पालिका बनाउने योजना रहेको छ ।
साकेलाको गौरवको योजनाहरुलाई पुरा गर्न संघ तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गरिने अध्यक्ष राईले बताउनुभयो । तावाभञ्ज्याङ क्षेत्रमा वृहत्त पर्यटन पूर्वाधार विकास अन्तर्गत हाल तावाताल निर्माणको मात्र विस्तृत परियोजना तयार भईसकेकाले यसलाई अध्ययन गरि आवश्यकता अनुसार परिमार्जन गरि कार्य अघि बढाईने समेत कार्यक्रममा उल्लेख छ । पछिल्लो समय साकेलाबाट बसाई सर्नेहरुको संख्या बढिरहेको कारण जनसंख्या दिनानुदिन घटिरहेको अवस्थामा गाउँपालिकाले नयाँ नीति अपनाउने उल्लेख छ । गाउँपालिकाले जनसंख्यालाई सन्तुलनमा राख्नका लागि अन्यत्रबाट बसाईसरी आउने परिवारलाई सम्मान स्वरुप रु.५ हजार रकम उपलब्ध गराउने जनाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !