माघ ०९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ६ नेर्पास्थित शुभकृषि फर्म तथा चिमल फलफूल प्रशोधन उध्योग तालखर्कमा स्थानीयस्तरमा उत्पादन हुने फलफुलहरुबाट जुस, सिकुटी, अचार, वाइन, आइसक्रिम, ब्रान्डी, जाम, स्क्वास बनाउने तालिम शुरु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय खोटाङको सहयोगमा माघ ३ गते देखि ९ गतेसम्म तालिम सञ्चालन भइरहेको घरेलु कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीले हलेसी एफएमलाई जानकारी दिनुभएको छ । प्रमुख खत्रीका अनुसार जिल्लाका दशवटै स्थानिय तहबाट दुर्ई/दुई जना महिला तथा पुरुष प्रशिक्षार्थीहरु सहभागी गराउने सोँच भएपनि हाल वाराहपोखरी र खोटेहाङ गाउँपालिकाबाट सहभागी हुन नसकेका कारण अन्य पालिकाहरुबाट तालिममा सहभागी भएर स्थानीय फलफूलहरुबाट विभिन्न खाध्य परिकारहरु बनाउने सिप सिकीरहकाछन् ।
तालिममा सहभागीहरुलाई स्थानीय फलफूलहरुबाट आफैले विभिन्न खाध्य परिकारहरु बनाउन तालिम प्रदान गरी व्यवसायिक बनाउने उद्देश्यसहित यस्तो तालिम सुरु गरिएको शुभकृषि फर्म तथा चिमल फलफूल प्रशोधन उध्योगका सञ्चालक एवं तालिमका प्रशिक्षक शुभचन्द्र राईले जानकारी दिनुभयो ।
यसैगरी जिल्ला उध्योग प्रवर्द्धन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई बताउनुहुन्छ—‘जिल्लामा कच्चा पदार्थका रुपमा उत्पादन गरिने कृषिजन्य बस्तुहरुलाई प्रशोधन गरी मूल्य अभिवृद्धिमा विक्री गर्दै आय आर्जनलाई मजवुत गराउन सकिन्छ । यसका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिदै तालिम, प्रशिक्षण कार्यक्रमको जरुरी रहनेछ ।’ तालिमको अनुगमन गर्दै उहाँले अहिले भैरहेको तालिमबाट पनि आफैले उत्पादन गरिने फलफूलहरुलाई खेर जानबाट जोगाउदै विभिन्न खाध्य परिकार बनाउन ज्ञान हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।
माघ ९ गते सम्म सञ्चालन हुने तालिममा सात जना महिला दश जना पुरुषहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई खाजा तथा खानाका लागि घरेलु तथा साना उध्योग कार्यालयले व्यवस्था गरेको छ भने रात्रीवास तथा अन्य व्यवस्था शुभ कृषि फर्मले सहजिकरण गरेको बताइन्छ ।
विक्रम सम्बत २०७१ बैशाख २२ गते स्थापना गरिएको शुभकृषि फर्म तथा चिमल फलफूल प्रशोधन उध्योगले नेर्पा तालखर्कस्थित ३० रोपनी जमिनमा किवी खेती सञ्चालन गर्दै आएको छ । केही वर्षदेखि परिक्षणका रुपमा किवीको विभिन्न खाध्य परिकारहरु बनाउन शुरु गरिएको सञ्चालक राईले बताउनुभयो ।
तालिमका थप तस्विरहरु
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !