पौष २०, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङस्थित जिल्ला प्रहरी कार्यालयले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टरार्ईको प्रमुख आतिथ्यतामा आज भएको कार्यक्रममा गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा जिल्ला प्रहरी कार्यालय खोटाङले गरेका गतिबिधि र प्रहरीसंग आएका उजुरीका बिषयमा जानकारी गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालय खोटाङले वालवालिकालाई कुलतमा लाग्न निरुत्साहित गर्ने उद्धेश्यले जिल्लाका विभिन्न बिद्यालयमा समेत सचेतनामूलक कक्षाहरु संचालन गरेको जनाएको छ । यस्तै आत्महत्याको अवस्था खोटाङ जिल्लामा डरलाग्दो रहेकाले यसको निराकरणका लागि सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काले बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङको तथ्याङक अनुसार आर्थिक बर्ष २०७८/०७९ मा झुण्डिएर आत्महत्या गर्ने महिलाको सख्य २९ जना, विष सेवन गरेर मृत्यु हुनेको सख्य २ जना, त्यस्तै पुरुष तर्फ झुण्डिएर आत्महत्या गर्नेको संख्या ३३ जना, विष सेवन बाट ३ जनाको मृत्यु भएको छ ।
गत आ.व. २०७९/८० मा झुण्डिएर आत्महत्या गर्ने महिलाको संख्या १९ जना, विष सेवन बाट ६ जना, त्यस्तै पुरुष तर्फ झुण्डिएर आत्महत्या गर्नेको सख्य ३२ जना, त्यस्तै विष सेवन बाट ३ जना र हाम फालेर १ जनाले आत्महत्या गरेका छन् ।
चालू आ.व.२०८०/८१ मा झुण्डी आत्महत्या गर्ने महिलाको संख्या ६ जना, यस्तै पुरुष तर्फ झुण्डिएर आत्महत्या गर्नको संख्या ८, विष सेवनबाट १ र हाम फालेर २ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो समय प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरे यता शान्ति सुरक्षा प्रदानमा सहजता भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मदिराका कारण विभिन्न खाले हिंसा बढिरहेकाले अनुमति पत्रमा भएको नियमानुसार मात्रै मदिरा विक्री गर्न प्रहरीले व्यापारीलाई सचेत गराउनुपर्ने सरोकारवालाले बताएकाछन् । यसमा प्रहरीको ध्यान केन्द्रित भएको डिएसपी पुरुषोत्तम खड्काले बताउनु भएको छ ।
नागरिक सुनुवाई कार्यक्रममा जेष्ठ नागरिक संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सवारी साधनको बाईक स्पिड बढी हुदा दुर्घटना जोखिम बढेको र यसलाई न्युनिकरण गर्नुपर्ने देखिएको बताउनु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख गिता दाहालले जिल्लामा आत्महत्याको घटना बढिरहेको र आत्महत्या गराउँन बाध्य गराउने लाई पनि कारबाहीको दायरामा ल्याउनु पर्ने कुरा राख्नु भएको थियो । खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्यले जिल्लाभित्र विभिन्न खालका सामानहरु वील विजक बिना ल्याउने गुणस्तर हिन सामानहरुले नागरिक ठगिएको र यसलाई रोक्नका लागि स्थानीय सरकार सम्बन्धित निकायको ध्यान जानुपर्ने पनि बताउनु भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ईले विशेष सुरक्षा योजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले नगरपालिकाभित्र सिसि क्यामरा जडान भएको तर राम्रो काम नगरेको बताउँदै छिटो छरितो रुपमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गर्नु भएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोतम खड्काले जनतालाई सहज सेवा प्रवाह गर्नका लागि नागरिकको गुनासोलाई सम्बोधन हुने गरी काम गर्ने बताउनु भएको छ ।
कार्यक्रममा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुत्तोषम खडका
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमेरे, वडा नं. १ का वडाध्यक्ष नबराज रार्ई, वडा नं. ३ बाम्राङका वडाध्यक्ष महेन्द्र रार्ई, वडा नं. १२ जाल्पाका वडाध्यक्ष दानबहादुर रार्ई, खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, जेष्ठ नागरिक संघका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका सदस्य दुर्गाप्रसाद घिमिरे, राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख गिता दाहाल र जिल्ला प्रहरी कार्यालयका कर्मचारी, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला प्रहरी कार्यालयकोे प्राङ्गणमा भएको कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बेनु कार्कीले गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !