मंसिर ०२, २०८० , दिक्तेलरुपाकोट मझुवागढी
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम दिक्तेल वजारस्थित हाट वजारको अनुगमन गरिएको छ । दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडामा नियमित शनिवार र बुधवार दुइपटक किसानद्धारा उत्पादित कृषि उपजका साथै अन्य किराना सामाग्रीहरुको क्रय विक्रय गरिने हाटवजारको आज नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ पुरुषोत्तम खड्का, नगर कार्यपालिका सदस्य अन्जना बस्नेत, दिक्तेल उध्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, नगरप्रहरी असई प्रभुराम राई लगायतको टोलिद्धारा नियमन/अनुगमन गरिएको हो ।
विगत लामो इतिहास बोकेको यो दिक्तेलजारमा शुरुमा शनिवार हाट वजार लाग्ने भएकोले यो ठाउँको नाम पनि हाटडाँडा रहन गएको स्थानीय बताउँछन् । टाढा टाढा गाउँवस्ति र लेकवेसीका किसानहरुका साथै अन्य उपभोक्ताहरु यही वजारमा आएर आफ्नो कृषि उत्पदित सामाग्रीहरु विक्री गर्ने र आफूलाई आवश्यक सामाग्रीहरु खरिद गर्ने क्रय विक्रयको संगमस्थलका रुपमा यो हाटडाँडा परिचित छ । शनिवारे हाटले मात्र उपभोक्ताहरुलाई समेट्न नसकेपछि बुधवारमा पनि हाट लाग्ने क्रम शुरु भएको पनि धेरै भैसकेको दिक्तेल उध्योग वाणिज्य संघका सचिव विनोद खड्का बताउनुहुन्छ । सदरमुकामवासीहरु होटल व्यवसायका लागि आवश्यक खाध्य सामाग्रीहरु यही किन्ने गर्दछन् ।
हाटडाँडामा विहान ३.०० वजेदेखि हाट लाग्न शुरु भै विहान ५.३० वजे उठिसक्ने हुँदा टाढाका किसानहरुले बजारमा आफ्ना खाध्य सामाग्रीहरु वेच्न सकस भएको साथै उपभोक्ताहरुले सहज ढंगले किन्न नपाएको गुनासो आउन थालेपछि उपभोक्ता र किसानको भावनालाई सम्मान गर्दै नगरपालिका, उध्योग वाणिज्य संघ र जिल्ला प्रशासनको समझदारीमा आगामी हाटवजार विहान ७.०० वजेबाट लागू गर्ने निर्णय समेत भएको नगरप्रमुख भट्टराईले बताउनुभयो ।
अनुगमनकै क्रममा नगरप्रमुख भट्टराई तथा दिक्तेल उध्योग वाणिज्य संघका अध्यक्ष आचार्यले दिक्तेलवजारको यो हाटडाँडामा लाग्ने वजारलाई अझ व्यवस्थित र वास्तविक किसान र उपभोक्तामैत्रि बनाउने बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।