फागुन ०३, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
जिल्ला प्रहरी कार्यालय खोटाङले उत्पादन गरी हलेसी एफएमबाट प्रशारण हुदै आइरहेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत नागरिकसँग प्रहरी रेडियो कार्यक्रम निरन्तरताका लागि आज पुनः दोश्रो चोटि सामुदायिक रेडियो हलेसी एफएम र जिल्ला प्रहरी कार्यालय खोटाङवीच सम्झौता नवीकरण भएको छ ।
२०८० साल श्रावण १ गते जिल्ला प्रहरी कार्यालय खोटाङका तत्कालिन प्रहरी नायव उपरिक्षक मन्जिल मुकारुङको विशेष चासो र प्रयासमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत नागरिकसँग प्रहरी रेडियो कार्यक्रम प्रशारणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पहिलो पक्ष र हलेसी एफएम दोश्रो पक्ष भएर प्रथम चरणमा सम्झौता भएको थियो ।
रेडियो कार्यक्रम नागरिकसँग प्रहरीको प्रभावकारिता र लोकपृयतालाई हेरेर आज पुनः जिल्ला प्रहरी कार्यालय खोटाङ र हलेसी एफएमवीच दोश्रो पटक सम्झौता गरिएको हलेसी एफएमका निमित्त स्टेशन म्यानेजर सुनिल श्रेष्ठले बताउनुभयो ।
अपराध नियन्त्रण तथा रोकथाम गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले स्थानीय तहसँग समझदारी कायम गरी साझा संयन्त्रको माध्यमद्वारा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न जिल्लास्थित सञ्चार माध्यम हलेसी एफएमसँग सम्झौता नविकरण गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट उत्पादित अपराध अनुसन्धान, नागरिक सचेतना लगायत समुदाय मैत्री प्रहरी गतिविधि सँग सम्बन्धित रेडियो कार्यक्रम–‘नागरिकसँग प्रहरी’–सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट महिनाको हरेक १५ गते विहान ८.०५ वजेदेखि ८.३० वजेसम्म र सोही दिन वेलुकी ६.०० वजेदेखि प्रशारण हुँदै आईरहेको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान