भदौ १३, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङस्थित मझुवागढी कालिका देविस्थान परिसरमा रोपिएका फूलहरु गोडमेल तथा सरसफाई गरिएको छ । बुधवार सदरमुकाम नजिकका सरस्वती माध्यामिक विध्यालय तथा पञ्च माध्यामिक विध्यालयका शिक्षक एवं विध्यार्थीहरुका साथमा जनप्रतिनिधि, राजनैतिक दल तथा नगरकर्मचारीहरुले सो क्षेत्रका फूलहरु गोडमेल तथा सरसफाई गरेका हुन ।
दिक्तेलवजार हाटडाँडादेखि देविथानछेउ बुद्धेश्वर गुफा आसपपास पुगेर फूल गोडेमल तथा सरसफाइ अभियान समापन गरिएको जनाइएको छ ।
उक्त क्षेत्रमा एकवर्ष अगाडिदेखि विभिन्न प्रजातिका फूलहरु रोपिन शुरु गरिएको छ । ती फूलहरु यतिखेर रहरलाग्दो किसिमले हुर्किरहेकाछन् । जसले यो क्षेत्रलाई थप शौन्दर्यकरण गरिरहेकाछन् । सदरमुकाम दिक्तेलको हाटडाँडाबाट उकालो सिँढी चढेर करिव २ हजार मिटर माथि थाप्लोमा चढेपछि प्रशिद्ध कालिका देविस्थान मन्दिर पुग्न सकिन्छ । अझ त्यहाँबाट केही दम्साइलो उकालो पार गरेपछि एतिहासिक मझुवागढी पुग्न सकिन्छ । जहाँबाट खोटाङ लगायत छिमेकी जिल्लाहरुको रमणीय दृष्यावलोकन गर्न सकिन्छ । ती प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थाल जाने पैदल बाटा वरिपरि गत वर्षदेखि विभिन्न रंगीचंगी फूलका विरुवाहरु रोपिन थालेकोले त्यो क्षेत्रलाई अब फूलको पहाडले सम्बोधन गर्न थालिएको छ ।
फूलहरु गोडमेल तथा सरसफाई अभियान अन्तर्गत सदरमुकाम दिक्तेलवजार आसपासका दुईवटा विध्यालयका शिक्षक र विध्यार्थीहरु व्यवहारिक सिकाई कक्षा अन्तर्गत सहभागी भएको थाहा भएको छ ।
उनीहरुका साथमा दिक्तेल रुपाकोट मझुवागढी नगरालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे, नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैशी, शुभम फाउण्डेशनका निर्देक एवं शैक्षिक अभियन्ता सूर्यबहादुर राई, सरस्वती माध्यामिक विध्यालय का प्रधानाध्यापक शिवहरि ढकाल तथा अन्य शिक्षकहरु, पञ्च माध्यामिक विध्यालयका शिक्षकहरु, पूर्व जिल्ला विकास समितिका सभापति बिष्णुकुमार राई, लफ्याङका समाजसेवी शम्भु घिमिरे, वडा नं. ५ का वडासदस्य गोविन्द कटुवाल, दिक्तेल वडा नं. १ झिसेपुका समाजसेवी नारायण राई लगायत स्थानीयवासीहरु दिक्तेल हाटडाँडादेखि देविस्थान जाने सिढी वरपर रोपिएका वाक्लो फूलका विरुवाहरु गोडमेल तथा सरसफाई अभियानमा सरिक हुनुभएको थियो ।
[यो पनि-चर्चामा–‘फूलको पहाड’ (तस्विर सहित) ]
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !