मंसिर ०८, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित महेन्द्रोदय माध्यामिक विध्यालयमा स्थापित स्व.राम बहादुर राई तथा दिब्या राई अक्षयकोषको स्थापना दिवसका अवसरमा उत्कृष्ट विध्यार्थीहरुलाई पुरस्कार वितरण तथा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । महेन्द्रोदय माध्यामिक विध्यालयको प्रांगणमा वडाध्यक्ष एवं विध्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव कुमार खत्रीको अध्यक्षता तथा शिक्षक अभिभावक संघका पूर्वअध्यक्ष भगवती प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा मंसिर ७ गते शुक्रवार स्वर्गीय रामबहादुर राई तथा दिव्या राई अक्षयकोषको स्थापना दिवसको अवसर पारी सो विध्यालयमा अध्यनरतः कक्षा १ देखि ३ सम्मका बिध्यार्थीहरुवीच भित्र बाहिर कार्यक्रम, कक्षा ४ देखि ५ सम्म अध्ययनरतः बिध्यार्थीवीच म्यूजिकल चेयर प्रतियोगिताका साथै उत्कृष्ट विध्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको श्री महेन्द्र मा.वि याम्खाका प्रधानाध्यापक रोशन अधिकारीले जानकारी दिनुभएको छ ।
प्र.अ. अधिकारीका अनुसार अक्षयकोषको व्याजबाट प्राप्त कोषबाट कक्षा ६ देखि १० सम्म अध्यानरतः बिध्यार्थीहरुलार्ई गणित, बिज्ञान, अग्रेजी र नेपाली बिषयको परीक्षामा प्रथम हुने जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको छ । पुरस्कार प्राप्त गर्ने विध्यार्थीहरुमा कक्षा ६ बाट प्रथम हुने श्रुति आचार्य, कक्षा ७ बाट प्रथम हुने कृपा गुराँगाईलार्ई जनही रु.एक÷एक हजार पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी अक्षय कोषमार्फत कक्षा ८ बाट श्रृष्टी सिवाकोटी, कक्षा ९ बाट माया राई र कक्षा १० बाट प्राप्ती राई परीक्षामा प्रथम भए वापत जनही रु.१ हजार पाँचसयका दरले प्रोत्साहन वापत पुरस्कार प्रदान गरिएको विध्यालय श्रोतले जनाएको छ ।
स्व.राम बहादुर राई तथा दिव्या राई अक्षयकोष स्थापना दिवसका अवसरमा भएको कक्षा १ देखि ३ सम्मका विध्यार्थीहरु वीच भित्र बाहिर कार्यक्रममा सविहाङ राई प्रथम, प्रतिष्ठा घिमिरे द्धितिय, र जीर बाइङ राई तृतिय स्थान हासिल गरी क्रमशः रु ७ सय, ५ सय र ३ सय पुरस्कार प्राप्त गरेकाछन् । यस्तै म्यूजिकल चेयर प्रतियोगितातर्फ मिहाङ राई प्रथम, गीता अधिकारी द्धितिय र प्रतिक भुजेल तृतिय स्थान ओगट्न सफल भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुनेहरुलार्ई क्रमशः रु ७ सय, ५ सय र ३ सय पुरस्कार प्रदान गरिएको थाहा भएको छ ।
याम्खा कोटगाउँका सामाजिक तथा राजनैतिक व्यक्तित्व स्व..राम बहादुर राईको विक्रम सम्वत २०६० सालमा निधन भएको थियो भने उहाँकी नातिनी दिव्या राईको ४ वर्षकै उमेरमा धरानमा विक्रम सम्वत २०७१ सालमा दुर्घटनामा परी निधन भएको थियो । उहाँहरुको निधन पश्चात विक्रम सम्वत २०७२ सालमा दिवंगतहरुको सम्झनामा परिवारका सदस्य, छोरा छोरीहरु भिम बहादुर राई, लक्ष्मी कुमार राई, नेत्रकुमार राई, रकमसिङ राई, दुर्गाबहादुर राई, कृष्णकुमारी राई, बिमला राईले महेन्द्रोदय माध्यामिक विध्यालयक याम्खाको मातहतमा रहने गरी रु २ लाख पाँचहजार रकमको स्वर्गीय रामबहादुर राई तथा दिव्या राई अक्षय कोष स्थापना गर्नुभएको हो । हरेक वर्ष मंसिर ७ गते अक्षय कोष स्थापना दिवसका अवसरमा विध्यालयले रचनात्मक कार्यक्रमका साथ उहाँहरुको सम्झना गर्दै आएको छ ।
अक्षयकोषमा प्राप्त हुने व्याजको ९० प्रतिशत रकमबाट उत्कृष्ट विध्यार्थीहरुलाई पुरस्कारका साथै विध्यालयमा हुने रचनात्मक कार्यक्रममा खर्च गरिने विध्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. १ याम्खाका वडाध्यक्ष केशवकुमार खत्रीले हलेसी एफमलाई बताउनु भयो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।