भदौ ११, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नः ३ च्यास्मीटार स्थित बाङमाका एकै घरका साना दुई नानीहरुको पोखरीमा डुबेर मृत्यु भएको छ । च्यास्मीटार बाङमा निवासी गईन्द्र रार्ईको छोरा वर्ष ६ को संगम रार्ई र छोरी वर्ष ३ की संवृद्दी रार्ईको सुख्खाग्रस्त क्षेत्र मानिने सो क्षेत्रमा सिँचाईका लागि बनाइएको पोखरीमा सोमवार डुबेर मृत्यु भएको हो ।
बैदेशिक रोजगारीको सिलसिलामा गईन्द्र विदेशमा छन् भने घरमा उनकी पत्नी ममता राईको रेखदेखमा नावालक छोराछोरीहरु रहँदै आएको थिए । स्थानीय कलंका आधारभूत विध्यालयमा छोरा संगम २ कक्षामा र छोरी समृद्धी १ कक्षामा पढ्दै थिए । सोमवार सार्वजनिक विदाका कारण छोरा छोरी विध्यालय जान नपरेकोले उनीहरुलाई घरैमा छाडेर आमा ममता बारीको काममा व्यस्त रहँदा संगम र समृद्धी नजिकै रहेको भुतिया खोलाछेउको सिँचाई पोखरीमा खेल्न पुगेको वेला यो दुर्घटना घटेको जनाइएको छ ।
घरमा छाडेका बच्चाहरु नदेखेपछि आमा ममताले उनीहरुको खोजी गर्दै जाँदा भुतिया खोला छेउको पोखरीमा उनीहरु डुबिरहेको अवस्थामा भेटिएको थियो । सामान्य श्वास प्रश्वास चलिरहेको होकी जस्तो अवस्थामा भेटिए पनि बच्चाहरुलाई घरमा ल्याई पुराउँदा उनीहरुको मृत्यु भईसकेको बताइन्छ ।
बाबु विदेशमा रहेको अवस्थामा एकै परिवारका २ नावालक सन्तानको पोखरीमा डुबेर ज्यान गएपछि सिंगो बस्ति शोकमा डुबिरहेको च्यास्मीटारका वडाध्यक्ष भुपाल सिंह राई बताउनुहुन्छ ।
आगलागी नियन्त्रण तथा सिँचाइका लागि भनेर एक वर्ष अगाडि उक्त ठाउँमा एक परियोजना अन्तर्गत रिचार्ज पोखरी निर्माण गरिएको थियो । पोखरी वरिपरि घेरावार लगाउनु पर्नेमा घेराबारा भने लगाइएको थिएन ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।