श्रावण २७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित कार्यक्रमहरूको वार्षिक समिक्षा कार्यक्रम शुरु भएको छ । नगरप्रमुख तीर्थराज भट्टरार्ईको अध्यक्षतामा श्रावण २७ ले आइतवार नगरपालिकाको सभाहलमा समिक्षा कार्यक्रम शुरु गरिएको नगर स्वास्थ्य शाखाका संयोजक खेमराज आचार्यले बताउनुभयो ।
समिक्षा कार्यक्रममा नगर पालिकाभित्र सञ्चालनमा रहेका स्वास्थ्यचौकीहरु बाम्राङ, खाल्ले, लफ्याङ, नेर्पा, दोपाचिउरीडाँडा, निर्मलीडाडा, पाथेका, खार्मी, जाल्पा, नुनथला, बुर्ईपा र बिजयखर्क, शहरी स्वास्थ्य केन्द्र खानीडाँडा, राजापानी, दिक्तेलबारी र जिल्ला सरकारी अस्पतालसँगै वडा स्वास्थ्य केन्द्र सोल्मा र बुवालुङले आर्थिक वर्ष २०८०/८१ मा भए गरेका कामको प्रगति कार्य सम्पादनमा प्राप्त भएका उपलब्धि, स्वास्थ्य सेवाको प्रगति समिक्षा गर्नुका साथै स्वास्थ्य क्षेत्रमा रहेका सम्भावना, अवसर र चुनौतीका विषयमा छलफल गरी चालु आर्थिक वर्ष २०८१/८२ को लागि वार्षिक कार्य योजना तयार गरिने समेत बुझिएको छ ।
नगर स्वास्थ्य कार्यालयको वार्षिक समिक्षा कार्यक्रममा जिल्ला अस्पाताल खोटाङका प्रमुख डा.रुपेश संग्रौलाले स्वास्थ्य सेवा प्रभावकारी गराउन सबै निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै औषधि अभावले कसैको ज्यान जाने अवस्था सिर्जना हुन नदिने गरी काम वातावरण बन्नुपर्नेमा जोडदिनुभएको छ । यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ईले स्वास्थ्य सेवाको गुणस्तरीयतामा ध्यान दिने बेला आएको बताउनुभयो । जिल्लाका अन्य पालिकासँगै कार्य सञ्चालनको हिसाबले प्रगतिको अन्तर बढी भएको बताउँदै भट्टरार्ईले त्यसको समिक्षा हुनुपर्नेमा जोड दिनुभयो ।
वार्षिक समिक्षा कार्यक्रममा नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार राई, सामाजिक विकास समिति संयोजक एवं वडा नं. १२ का वडाध्यक्ष दान ब राई, जिल्ला अस्पताल प्रमुख डा. रूपेश संग्रौला, स्वास्थ कार्यालय खोटाङका राजु राउत, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका स्वास्थ शाखा प्रमुख प्रविण श्रेष्ठ लगायत अन्य सघं सस्थाका पदाधिकारीहरु, बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।
श्रावण २७ र २८ गते दुई दिनसम्म चल्ने समिक्षा कार्यक्रममा जिल्लामा स्वास्थ्य सेवा प्रवाहको अवस्था र गत वर्षको प्रगतिका विषयमा नगर स्वास्थ्य शाखाको प्रमुख खेमराज आचार्यले जानकारी गराउनु भएको छ ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।