असार २७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
आ–आफ्नो भूगोल र सिमाना छुट्याउन सबैले परिचयात्मक र साँङ्केतिक तस्विर झल्किने बोर्डहरु राखेको हामीले देख्दै आएका छौं । यात्राको क्रममा भेटिने होर्डिङ वोर्डहरुले केही जानकारी मूलक सन्देश प्रदान गरिरहेको हुन्छ । सबैतिर हुने यस्ता साङ्केतिक कुराहरुले अगाडी हुने वस्तुस्थित, भूगोल र ठाउँको परिचय दिन्छ । कतिपय यस्ता कुराहरु त्यो ठाउँको वास्तविकता, अपरिहार्यता र सभ्यतालाई परिचय दिईरहेको हुन्छ त्यो हामी कतिपयले ख्याल गरिँदैन, तर सोही वोर्डहरुले सहि मार्गदिशा प्रदान गरिरहेको हुन्छ ।
यही मान्यतामा पूर्वी पहाडि जिल्ला खोटाङको साकेला गाउँपालिकाद्धारा अन्तर पालिकाको सिमाना र पालिकाभित्रका दोबाटोहरुमा जानकारीमूलक साङ्केतिक वोर्ड तथा कलात्मक चिन्ह अंकित स्थानीय सामाग्रीहरुद्धारा निर्मित स्वागत द्धारहरु सजाएर राखिन थालिएको छ ा यसले गाउापालिकाभित्र हुर्कदैँ गरेको सँस्कार र सभ्यताको परिचय दिने मान्यता रहेको बताइन्छ । गाउँपालिकाले आफ्नै गाउँठाउँमा पाईने पात्ले, ढाल्ने र सालको काठबाट होर्डिङ बोर्ड बनाएको छ भने टोल टोल सम्म पुग्ने बाटो र ठाउँको नाम अङ्कित डाईरेक्सन (दिशा) एरो चिन्ह देखाएको छ ।
गाउँपालिकाद्वारा राखिएको होर्डिङ बोर्ड र चिन्हहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिरहेको देख्दा लाग्छ, हामी सँस्कार र सभ्यताले सुसज्जित पालिका प्रवेश गर्दैछौं । हुन त देशको ७५३ स्थानीय तहहरुमध्ये यो पालिका पृथक मान्न सकिन्छ ठाउँठाउँमा देखिने यस्ता डाईरेक्सन वोर्ड तथा स्वागत र विदाईका होर्डिङ वोर्ड देख्दा । अन्य स्थानीय तहहरुले पनि सिमानामा होर्डिङ बोर्ड त राखेकै छन् तर साकेलाले गरेको यो कार्य देशकै नमूना हो । अहिले साकेला गाउँपालिकाले सिमानाक्षेत्रका ८ वटा स्थानमा स्वागत र विदाई बोर्ड राखेको छ भने पालिकाभित्रका हरेक टोल तथा बस्ती सम्म छिर्ने ४० वटा दोबाटोहरुमा डाईरेक्सन बोर्ड राखेको छ ।
खोटाङ जिल्लाको सबैभन्दा सानो र सुन्दर पालिका साकेलाले सभ्यताको वृक्षारोपण गर्न थालनी गरिएको उक्त गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो ।
‘हामीले स्थानीय स्तरमा पाईने श्रोतसाधनको उपयोग गरेर होर्डिङ बोर्ड र डाईरेक्सन बोर्ड तयार गरेका हौं, यस कार्यमा स्थानीयले रोजगारी पनि पाउनुभएको छ ।’– अध्यक्ष राईले भन्नुभयो ।
स्थानीय स्तरमा पाईने लेकाली ढाल्ने कटुस र बेँशी क्षेत्रमा पाईने सालको रुखबाट बनाईएको डाईरेक्सन वोर्डहरु फलाम र टिन भन्दा बढी टिकाउ हुन्छ ।
साकेला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा बिनियोजन गरेको सात लाख रुपैंया बजेटबाट उक्त कार्य भएको गाउँपालिकाले जनाएको छ ।
त्यसो त गाउँपालिकाले सफा र सुन्दर बनाई वातावरणमैत्री पालिका निर्माण गर्नका लागि वृक्षारोपण र पूर्ण सरसफाईको काम समेत निरन्तर गर्दै आएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा पालिकाका विभिन्न स्थानमा हालसम्म करीव ५० हजार बिरुवा रोपिएको छ भने हरेक टोल तथा बस्ती, सरकारी कार्यालय, विद्यालय, सार्वजनिकस्थल लगायत बढि जनघनत्व हुने पार्क तथा बजार क्षेत्रमा कुहिने, नकुहिने र शिसाजन्य फोहोर संकलनका लागि डष्टविनको व्यवस्था गरेको छ ।
गाउँपालिकाले सुरुवात गरेको सरसफाईमैत्री र वातावरणमैत्री पालिका निर्माणको अभियानलाई स्थानीय राजनैतिक दल, समाजसेवी, वुद्धिजीवि, नागरिकसमाज, व्यापारी, स्थानीयबासी लगायतले कम्मर कसेर साथ दिएका छन् ।
[यो पनि-‘कृषिमा अनुदान हैन, ऋणको व्यवस्था ]
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !