श्रावण ०६, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
४१ औँ वीपी स्मृति दिवसको अवसरमा खोटाङमा सरसरफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको छ । नेपाली कांग्रेसका संस्थापक एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४१ औं स्मृति दिवसका अवशरमा आज वीपी स्मृति भवन दिक्तेलको कम्पाउण्डभित्र सरसरफाई तथा वृक्षारोपण गरिएको हो ।
नेपाल तरुण दल खोटाङको आयोजनामा वीपी स्मृति दिवसको अवसरमा गरिएको सरसरफाई तथा वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस खोटाङका उपसभापतिद्धय तीर्थराज भट्टराई र इवन राई, सचिव समिर राई, महाधिवेशन प्रतिनिधिहरु, नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको तरुण दलका केन्द्रिय सदस्य एवं जिल्लाका निवर्तमान अध्यक्ष भिषण राईले बताउनुभयो । आजै नेपाल तरुण दल खोटाङका प्रथम उपाध्यक्ष काजिमान राईलाई कार्यवाहक अध्यक्ष र दिवासन राईलाई तरुण दल दिक्तेल रुपााकोट मझुवागढी नगर कार्य समितिको सभापतिको जिम्मेवारी प्रदान गरिएको तरुण दल केन्द्रिय सदस्य राईले बताउनुभयो ।
विक्रम सम्वत १९७१ भाद्र २४ गते पिता कृष्ण प्रसाद कोइराला तथा माता दिव्या कोइरालाको कोखबाट भारतको वनारसमा जन्मनुभएको वीपी जीवनभरि देशमा प्रजातन्त्र स्थापनाको कठोर संघर्षमा लड्दा लड्दै २०३९ साल श्रावण ६ गते अर्थात आजकै दिन दिवंगत हुनु भएको थियो । राजनैतिक कार्यमा व्यस्त जीवन विताउन भएका वीपीले जेलजीवनमा भने प्रशिद्ध साहित्यिक कृतिहरु लेखेर नेपाली साहित्यलाई समृद्ध बनाउनुभएको छ ।
उहाँको राजनैतिक/साहित्यिक योगदानको स्मरण गर्दै हरेक वर्ष आजको दिन वीपीको स्मृति दिवस मनाइने गरिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।