पौष २४, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी शैक्षिक सत्र–२०८२ लाई शैक्षिक सुधार वर्षका रुपमा मनाउने भएको छ । शैक्षिक प्रवर्द्धन तथा सुधारका लागि वर्षभरि विभिन्न रचनात्मक गतिविधि गर्दै शैक्षिक सुधार वर्षका रुपमा मनाइने नगरप्रमुख तीर्थराज भट्टराई बताउनुहुन्छ ।
नगर शिक्षा समितिका संयोजक तथा नगरप्रमुख भट्टराईको अध्यक्षता एवं शिक्षाविद डा.तोयानाथ खनालको विशेष आतिथ्यतामा आज बसेको नगर शिक्षा समितिको बैठकबाट आगामी वर्ष शैक्षिक सुधार वर्षका रुपमा मनाउन रणनीतिक कार्ययोजनाका विषयमा छलफल गरी सोही बमोजिम विभिन्न निर्णयहरु पारित गरिएको थाहा भएको छ ।
बैठकमा डा. खनालले वार्षिक कार्य योजनाका सम्बन्धमा तयार पारिएको कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्रमाथि छलफल गरी शिक्षासँग सरोकार राख्ने व्यक्ति, निकायहरुसँग थप छलफल गरी प्राप्त सुझाव सल्लाह अनुसार कार्यपत्रलाई परिमार्जन गरिने जनाइएको छ ।
शैक्षिक सुधार वर्षलाई प्रभावकारी बनाउन विभिन्न सरोकारवाला निकायहरुसँग निरन्तर छलफल गरिने समेत बैठकले निर्णय गरको छ । पूर्व शिक्षक, अभिभावक, वडा नगर समिति संयोजक तथा शिक्षा विशेषज्ञहरुसँग पनि छलफल गरिने बताइन्छ ।
यसैगरी आज मध्यान्ह ३ वजे नगरपालिकाभित्रका विध्यालयका प्रधानाध्यापकहरुसँग जुम बैठकमार्फत शैक्षिक सुधार वर्षका सम्बन्धमा छलफल गरी राय सुझाव लिइएको नगर शिक्षा शाखाले जनाएको छ ।
बैठकमा अभिभावक शिक्षालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने सम्बन्धमा पनि छलफल भएको थाहा भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा यो शैक्षिक सत्रमा पनि शिक्षालाई जीवनोपयोगी बनाउन वर्षभरी विभिन्न अभ्यास भैरहेको नगरप्रमुख भट्टराईको कथन छ ।
नगरशिक्षा समितिको बैठकमा डा. खनालका साथ वडा नं. १२ का वडाध्यक्ष तथा नगर शिक्षा समितिका सदस्य दानबहादुर राई, नगरप्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष दिनेश कुमार घिमिरे, शिक्षा सुधार कार्यदलका संयोजक तथा शैक्षिक अभियन्ता सूर्यबहादुर राई, नगर शिक्षा समितिका सदस्य झुलेन्द्र विक, धनशोभा राई, सरस्वती मावि दिक्तेलका प्र.अ तथा सदस्य शिवहरी ढकाल, शिक्षक महासंघ नगर अध्यक्ष यादव घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।