जेठ २९, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालन गरेको Awareness Trip to police Station (ATPS) कार्यक्रमले निरन्तरता पाइरहेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङमा सेवारत प्रहरी अधिकृतहरुद्धारा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जेष्ठ २९ गते मंगलबार १.३० बजे देखि ४.०० बजेसम्म सदरमुकामस्थित सरस्वती माध्यामिक विद्यालय दिक्तेलका कक्षा १० मा अध्ययनरतः ३९ जना बिध्यार्थी छात्र छात्राहरुलाई प्रहरी कार्यालय खोटाङ अन्तर्गतका विभिन्न शाखाहरुको अवलोकन भ्रमण गराई उक्त शाखाहरुले गर्ने कार्य सम्पादनको बारेमा प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काले हलेसी एफएमलार्ई जानकारी दिनु भयो ।
विध्यार्थीसँगको सचेतनामूलक अभियान कार्यक्रममा ‘सडक दुर्घटना न्युनिकरण तथा ट्राफिक सुरक्षा र विभिन्न किसिमका अपराधहरुबाट बच्न अपनाउनु पर्ने सुरक्षात्मक उपायहरु’ को सम्बन्धमा प्रशिक्षण दिइएको जनाइएको छ । सो अवसरमा सडक दुर्घटना हुने प्रमुख कारणहरुमा ट्राफिक नियम उलंघन, सडकको भौतिक दुरावस्था, यान्त्रिक गडवडी, चालकको मानसिक कारण, मौसम तथा अन्य विभिन्न कारण मुख्य रूपमा रहने प्रहरी अधिकृतहरुले जानकारी गराउनुभएको थियोे । मादक पदार्थ सेवन पनि दुर्घटनाको मुख्य कारण हुने गरेको बताउदै चालकले आफ्नो व्यवहार सुधार गर्ने र सवारी साधनलाई समय–समयमा मर्मत सम्भार गरी चुस्तदुरुस्त अवस्थामा राख्न सकिएको खण्डमा दुर्घटनाजन्य घटनाहरु न्युन भएर जाने प्रशिक्षणमा बताइयो ।
यस्तै सडक सुधार्ने, मर्मतसम्भार गर्ने, यात्रु तथा पैदल यात्रु सचेत हुने र ट्राफिक नियम पालना गर्न सकिएको खण्डमा सडक दुर्घटना स्वत: कम भएर जाने कुरालाई प्रहरी अधिकृतहरुले कार्यक्रममा महत्व दिनु भएको जनाइएको छ ।
अभियानमा सहभागी विध्यार्थीहरुलाई साइबर क्राइम के हो, यसका कानुनी सजायहरू के के छन् र दुर्व्यसनीहरुको समस्याको निराकरण के हो भन्ने बारेमा पनि प्रहरी अधिकृतहरुद्धारा जानकारी गराइएको थियो । समाजलाई विकृतितिर डोर्याउन भूमिका खेल्ने साइबर क्राइम र लागू औषध दुर्व्यसनी जस्ता दीर्घकालिन असर गर्ने विषयमा पनि छलफल गरिएको थियो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शुरु भएको यस कार्यक्रमबाट प्रहरी र विद्यार्थीबीच सुमधुर सम्बन्ध स्थापित गराउदै समाजलाई अपराध जगतबाट जोगाउन विध्यार्थी अवस्था देखि नै जीवनोपयोगी सिकाईबाट सचेत नागरिकका रुपमा प्रशिक्षित गराउने उद्धेश्यले Awareness Trip to police Station (ATPS) कार्यक्रमको आयोजना गरिदै आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
विध्यार्थी सचेतनामूलक अभियानका केही झलकहरु
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !