पौष ०२, २०८० , खोटाङ
हलेसीतुन्यजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपकोट मझुवागढी नगरपालिकाद्धारा सञ्चालन भैरहेको सुरक्षित आप्रवासन सामी परियोजनाद्धारा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस-२०२३ सचेतनामूलक सडक नाटकका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सुरक्षित आप्रवासन सामी परियोजनाले “आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान” भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस-२०२३ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा वडाध्यक्ष दिनेश कठैत लगायत वडा सदस्यहरुद्धारा पौष १ गते सोमवार आप्रवासीका परिवारका सदस्यहरु तथा बित्तीय साक्षरता एवं मनोसामाजिक परामर्श कक्षाका सहभागिहरुसँग सुरक्षित वैदेशिक रोजगारीका बिषयमा अन्तरक्रियाका साथ १०४ जनालाई खुत्रुके बितरण गरी पहिलो दिनको कार्यक्रम सम्पन्न गरेको परियोजनाका प्रमुख सन्तोष राईले बताउनुभयो ।
यस्तै १८ डिसेम्वर (पौष २) गते सोमबार जिल्ला समन्वय समितिको कार्यालय अगाडि परिसरमा वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने प्रकृया तथा सचेतनामूलक सडक-नाटक प्रदर्शन गरियो । उक्त सडक-नाटक प्रदर्शनीमा करिब ९०/१०० जनाको उपस्थीति रहेको थियो ।
सोही दिन साँझ ६ वजे जिल्ला समन्वय समिति खोटाङको अगाडी परिसरमा दीप प्रज्वलन गरिएको थियो । दीपप्रज्वलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका कार्यबाहक नगरप्रमुख तथा वडा नं. ५ का वडा अध्यक्ष दिनेशकुमार घिमिरे लगायत आप्रवासीका परिवारका सदस्यहरु र सरोकारवालाहरुको उपस्थीति रहेको थियो ।
हलेसीतुवाचुङ नगरपालिका, केपिलासगढी गाँउपालिका र खोटेहाङ गाँउपालिले पनि अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा विभिन्न कार्यक्रमका साथ दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको जनाइएको छ ।
अन्ताराष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा गरिएका विविध कार्यक्रमहरुको झलक
p
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।