चैत्र २९, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ विजयखर्कमा प्राथमिक स्वास्थ्य चौकी भवन निर्माणका लागि निःशुल्क जग्गा उपलव्ध गराउने जग्गादातालाई सम्मान तथा अभिनन्दन गरिएको छ । विजयखर्कस्थित साविक वडा नं ५ आहालडाँडामा २०७७ सालमा निर्माण भएको प्राथमिक स्वास्थ्य चौकीका लागि ५ रोपनी निःशुल्क जग्गा दिने जग्गादाता चन्द्रकुमारी पोखरेल, टंक पोखरेल, डा. ऋषिकुमार पोखरेल, गोपाल पोखरेल लगायत उहाँका परिवारका सदस्यहरुलाई ढिलै भए पनि बुधवार (चैत्र २८ गते) एक कार्यक्रमका वीच वडाले सम्मान तथा अभिनन्दन गरेको हो ।
वडाध्यक्ष रामबहादुर कटवालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, अन्य आगन्तुक अतिथिहरु तथा वडाका जनप्रतिनिधिहरुले जग्गादाता पोखरेल तथा उहाँका परिवारका सदस्यहरुलाई खादा, माला, अविर लगाई सम्मान प्रदान गर्नुभएको थियो ।
सोही अवसरमा वडाले नगरसभापति भट्टराईलाई मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी मार्फत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने प्रयत्न गरेको भन्दै मायाको चिनु प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सभापति ज्ञानेन्द्र जोशी, नगरपालिकाका सल्लाहकार तथा नेपाली कांग्रेसका नगर सभापति प्रकाशकुमार श्रेष्ठ, नगरपालिकाका अधिकृत नारायण खवास, शैक्षिक अभियन्ता तथा बुद्धिजिवी शारदाप्रसाद ढकाल, स्थानीय समाजसेवी वालानन्द खनाल तथा स्थानीयवासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजिकरण स्वास्थ्य चौकीका प्रमुख दिपक थापाले गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख ६, आइतवार / खोटाङको साकेला गाउँपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र ३०, सोमवार / खोटाङको जन्तेढुंगा गाउँपालिकाले...
यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह हलेसीन्युजडेस्क, खोटाङ । चैत्र...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र २८, शनिवार / राष्ट्रिय स्वतन्त्र पार्टी...
वैशाख २ देखि असार ७ सम्म जिल्लाभर तथ्याङ्क संकलन हलेसीन्युजडेस्क,...
हलेसीन्युजडेस्क,खोटाङ । चैत्र २१, शनिवार / खोटाङको दिक्तेल बजारमा सञ्चालन...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान