कार्तिक १५, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुर्ईपास्थित पन्चरदोवाटोमा लोक सँंस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने ध्येयबाट खुल्ला सामुहिक लोकनृत्य प्रतियोगिताका साथै मनोरन्जनात्मक ‘अचम्मको पोको’ प्रदर्शन कार्यक्रम सम्पन्न गरिएको छ । पन्चरदोवाटो टोलविकास समितिका संयोजक धन बहादुर श्रेष्ठको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन रार्ईको प्रमुख आतिथ्यतामा आज बुइपा पन्चरदोबाटोमा खुल्ला सामुहिक लोकनृत्य प्रतियोगिताका साथै मनोरन्जनात्मक ‘अचम्मको पोको’ प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो ।
p
पन्चरदोवाटो टोल विकास समितिको आयोजनामा भएको खुल्ला सामुहिक लोकनृत्य प्रतियोगितामा बेदना सहयोगी समाज महुरे प्रथम, तीनधारे जनहित मञ्च बुईपा दोस्रो, नवएकता संघर्ष सेवा समाज बुइपा गैरीगाउँ तेस्रो तथा चम्पावती मा.वि बुर्ईपा र बुर्ईपा सेवा समाज बुइपा सान्त्वना घाषित भएका छन् ।
सामुहिक लोकनृत्य प्रतियोगितामा जम्मा ११ टिमले सहभागिता जनाएका छन् भने यता अचम्मको पोको’ प्रदर्शन तर्फ दुर्ई जनाले मात्र सहभागिता जनाएको आयोजकले बताएको छ । अच्चम्मको पोकोमा बुईपा पन्चरदोवाटोका कविन्द्र रार्ई प्रथम र बुईपा गैरीगाउँका खगेन्द्र रार्ई दोस्रो हुनु भएको छ ।
सामुहिक लोकनृत्य प्रतियोगिताका प्रथम, द्धितिय, तृतीय र सात्वना हुने बिजेताहरुलार्ई क्रमश रु १० हजार, रु. ८ हजार, रु.५ हजार र रु.३ हजार नगद पुरस्कारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै अचम्मको पोको तर्फ प्रथम, द्धितिय हुने बिजेताहरुलार्ई क्रमशः रु १ हजार र रु. ८ सयका नगद पुरस्कारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
मझुवागढी नगरपालिका र पवन प्रकृति अङग्रेजी सेकेन्डरी स्कुल ललितपुरको प्रायोजनमा सम्पन्न सामुहिक लोकनृत्य प्रतियोगिता साथै मनोरन्जनात्मक ‘अचम्मको पोको’ प्रदर्शन कार्यक्रमलार्ई सामुदायिक रेडियो हलेसी एफ एम १०२.४ मेघाहर्जबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।
[यो पनि--दीपावलीको अवसरमा पन्चरदोबाटो टोल विकास समितिले लोकनृत्यका साथै विभिन्न कार्यक्रम गर्दै ]
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।