सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

दिपेन्द्र खनाल

फाल्गुन २९, २०७९, Khotang

Image

नारी दिवसका अवसरमा खोटाङको नगरदेखि गाउँसम्म कार्यक्रम

हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङमा विभिन्न कार्यक्रम गरी आज ११३ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । नारी दिवसको अवसर पारेर खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आज केन्द्रिय महिला नेतृत्वहरुलाई निमन्त्रणा गरी भव्यताका साथ नारी दिवस मनाएको हो  ।

हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा एकिकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्रीले सम्बोधन गर्ने क्रममा राष्ट्रपतिका लागि आफ्नो पार्टीले कसलाई भोट हाल्ने निर्णय गरिसकेको र राष्ट्रपति चयनसँगै मुलुक राजनैतिक स्थायित्वतिर अगाडि वढ्ने बताउनुभयो । 
कार्यक्रममा कांग्रेसको केन्द्रिय सदस्य लक्ष्मी खतिवडा, प्रेरक बक्ता सुमी मानवले महिलाको हक अधिकार रक्षाका लागि सबै सक्षम हुनुपर्नेमा जोड दिनुभएको थियो । विविधि सन्देशमूलक प्लेकार्ड बोकी र्याली, उत्कृष्ट नृत्य प्रदर्शनीका साथमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । 

            दिक्तेलरुपाकोट मझुवागढी नपामा र्याली

           जन्तेढुंगा गाउँपालिकामा नारी दिवसको अवसर

 

 दिप्रुङचुईचुम्मा गाउँपालिकाका वडा नं. ५ सप्तेश्वर छितापोखरीमा नारी दिवस मनाइदै

               यस्तै  ११३ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका लगायत सबै गाउँपालिकाहरुले विविध कार्यक्रमको आयोजना गरि मनाएको खवर प्राप्त भएको छ ।  जन्तेढङ्गा गाउँपालिकाले नारी दिवसको अवसरमा ७० वर्ष माथिका आमाहरुलाई सम्मान गरेको छ । त्यस्तै विविध खेलकुदको आयोजना गरी जन्तेढुङ्गा गाउपालिकामा नारी दिवस मनाइएको छ भने  दिप्रुङचुईचुम्मा गाउँपालिकाकामा पनि विविध कार्यक्रमको आयोजना गरी नारी दिवस मनाइएको जानकारी प्राप्त भएको छ । वडा नं. ५ सप्तेशवर छितापोखरी वडा कर्यालयमा वक्तृत्वकला, सामूहिक नृत्य, घुम्ने दौडको आयोजना गरिएको जनाइएको छ । खोटेहाङ गाउपालिकामा पनि नृत्य लगायत विविध कार्यक्रमको आयोजना गरिएको खवर प्राप्त भएको छ ।खोटेहाङ गाउँपालिकाको वाप्लुखामा पनि कविता प्रतियोगिता र अन्य खेलकुदको आयोजना गरी नारी दिवस मनाइएको छ  ।
 

यो कार्यक्रम सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट अब हरेक...

हलेसीन्युजडेस्क, खाटाङ/ जिल्लामा वढ्दो सवारी साधनको चापलाई ध्यानमा राख्दै यसबाट दुर्घटनाको...

—सोनाम सज्जन किराती...

हलेसीन्युजडेस्क, खोटाङ / कोशी प्रदेशको नामकरणमा असहमति जनाउँदै भएको आन्दोलनमा भएको...

हलेसीन्युजडेस्क, खोटाङ/ ‘यो रेडियो नेपाल हो । अब...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार...

Horoscopes Icon

All Horoscopes