सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

दिपेन्द्र खनाल

फाल्गुन २९, २०७९, Diktelrupakotmajhuwagadi

Image

दिक्तेलमा शिक्षकहरुको क्षमता विकास तालिम शुरु

 

हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकहरुका लागि पाँच दिने पेशागत दक्षता विकास तथा क्षमता विकास कार्यशाला गोष्ठी सञ्चालन भैरहेको छ । शिक्षा तालिम केन्द्र सुनसरीको आयोजना र नगरपालिकाको समन्वय तथा सहजिकरणमा फागुन २६ गते देखि ३० गतेसम्म सञ्चालन हुने पेशागत दक्षता विकास एवं क्षमता विकास तालिमको हिजो नगरपालिका सभाहलमा उद्घाटन भएको हो । 
दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष तीर्थराज भट्टराईद्धारा उद्घाटन भएको शिक्षकहरुको क्षमता विकास कार्यशाला गोष्ठीमा कक्षा ६ देखि १० सम्मका Science, Technology, Engeneering and MathematicsSTEM बिषयमा नगरपालिका भित्रका सामुदायिक बिध्यालयहरुमा कार्यरत २५ जना शिक्षकहरु तथा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमका २९ जना शिक्षकहरु सहभागी रहनेछन् । उद्घाटन कार्यक्रममा नगर प्रमुख एवं नगर शिक्षा संयोजक भट्टराईले भन्नुभयो—‘शिक्षक, राष्ट्र कर्मचारीहरुलाई नगरको प्रथम नागरिकमा राखेको छ, उहाँहरु पछि मात्र जनप्रतिनिधि आउछन्, त्यसैले प्रथम नागरिकहरुबाट नगरले ठूलो आशा राखेको छ । उहाँहरुले नै आफ्नो जिम्मेवारीमा कमजोरी गर्नुभयो भने नगरपालिका असफल हुनेछ । यही कारण शिक्षकहरुको क्षमता विकासका लागि नगरले सहजिकरण गर्नु पर्छ । यो तालिम राख्नुको औचित्य पनि यहीँ हो । ’


(१) उद्घाटन कार्यक्रममा नगर प्रमुख तथा नगर शिक्षा समिति संयोजक भट्टराई संवोधन गर्नुहुदै /  (२) तालिम सञ्चालन हुँदै

उद्घाटन कार्यक्रममा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं ५ का अध्यक्ष दिनेशकुमार घिमिरे, १ नं वडाका वडाध्यक्ष, नबराज राई, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलले तालिमको सफलताको शुभकामना मन्तव्य दिनुभयो । 
तालिमको पहिलो दिन शिक्षक तालिम केन्द्र सुनसरीका तालिम प्रमुख सुर्यराज घिमिरे, शाखा अधिकृत मानबहादुर देबकोटा, शाखा अधिकृत रेवन्तबहादुर बस्नेत लेखा अधिकृत दुर्गाप्रसाद ढुंगाना, राष्ट्रिय मानव अधिकार आयोगका लोकनाथ घिमिरेले सहजिकरण गर्नुभएको थियो । शिक्षा सुधारका अभियन्ताहरु हिम्मत सिह लेकाली, नबिन पौडेल, गोपालदत्त जोशी तथा भगवती मावि इलामका अंग्रेजी राष्टर तिर्थमान राईले प्रशिक्षण दिनुभएको थियो । 
 

यो कार्यक्रम सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट अब हरेक...

हलेसीन्युजडेस्क, खाटाङ/ जिल्लामा वढ्दो सवारी साधनको चापलाई ध्यानमा राख्दै यसबाट दुर्घटनाको...

—सोनाम सज्जन किराती...

हलेसीन्युजडेस्क, खोटाङ / कोशी प्रदेशको नामकरणमा असहमति जनाउँदै भएको आन्दोलनमा भएको...

हलेसीन्युजडेस्क, खोटाङ/ ‘यो रेडियो नेपाल हो । अब...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार...

Horoscopes Icon

All Horoscopes