बैशाख १४, २०८० , HalesiTuwachung
च्याउ
जंगलमा मरेको कटुसको रुखमा पनि च्याउ फल्छ । हाम्रो देश त्यस्तो देश हो, जहाँ च्याउ रोपी रहनुपर्ने, स्याहार गरिरहनुपर्ने जिनिस भित्र पर्दैन । च्याउ भन्दा स्वस्थ च्याउहरुको राजा सायद दिवाल च्याउ नै होला । दिवाल च्याउ एक प्रकारको चिचिमेरा वाम्बुले भाषामा (मिगिली ठ्वाङ्के) भनिन्छ । यसको अर्थ मिगिली भनेको माटोमा फल्ने उम्रने किरा ठ्वाङ्केको अर्थ जनाउछ । यतिखेर मिगिली चिचमेरा पसाउने समय हो ।
म सामान्य कृषकको छोरा भएकोले हाम्रो गाउँ घरमा पाईने च्याउहरु बिशेषत यो वर्षातको समयमा अधिक च्याउ उम्रिने समय हो । यतिबेला लेकतिर जस्तै ट्याम्के, साल्पा, स्याल्मे, मैयू र रेणु छेकुवाको पहाडी कटुस जङ्गलहरुमा शायद वैशाखतिर मरेका उतिसका मुढाहरुमा च्याउहरु उम्रिने सिजन हो । जब बैशाख लाग्छ, चिचिमेराहरु दिवालहरुबाट निस्कन्छन्, चिचिमेराहरु दुई खाले हुन्छन् । एउटा स्थायी बसोबास गर्दै निस्कने दिवाल छिचिमेरा । यो रातो फुस्रो पाँगो वा सफा राम्रो माटोमा बस्ने जीव माटै रङ्गको हुन्छ । र, अर्को कालो रङ बढी भएको हुन्छ, यो प्रायः गोबर मल मलिलो ठाउँमा हुन्छ, यसको स्थायी घर हुदैन । यो निस्कन थालेको थाहा भए पछि यसलाई सेतो प्लाष्टिकमा थापेर÷पारेर भुटेर वा मनपर्नेले काँचै पनि खान सकिन्छ । हो, यो निस्कने पुखाम दिवालबाट जेठ असारमा च्याउ उम्रन्छ, त्यसैलाई दिवाल च्याउ (मिगिली ठ्वाङ्के) भनिन्छ । यो अनौठो प्राणी हो, यसको माटो मुनि बासस्थान हुन्छ । यो आफ्नो सुरक्षित स्थानबाट कतै सर्दैन, हिड्दैन । यसको शारीरिक बिकास बिशेष प्रकारको धमिराबाट बनेको हुन्छ । त्यो धमिराले काठ खाँदैन, माटोमा माटै खाएर हुर्कन्छ र चिचिमेरा भएर बस्छ । यो बर्षमा एकपटक लगभग दस देखि बीस किलो सम्मको संख्यामा पसाउने वा निस्कने गर्छ दिवालबाट । सायद द्वन्दवादको एउटा नियम छ, एकबाट अर्कोमा रुपान्तरण, धमिराबाट चिचिमेरा वा झुसिलकिराबाट पुतली बन्ने अनौठो तर सत्य नियम लागु भएको देख्न सकिन्छ ।
स्थानिय परिचित च्याउहरु
च्याउका नामहरु त धेरै छन्, तर मैले जानेको च्याउका किसिमहरु अहिले सहरमा जुनसुकै सिजनमा पनि उत्पादन गर्न सकिने च्याउ पाईन्छ । त्यो हो—सीता च्याउ, यो विज्ञान प्रबिधिको प्रयोगबाट जतिसुकै बेला उत्पादन सम्भव छ । तर प्राकृतिक च्याउहरुलाई उनीहरूले आफ्नो समयको पर्खाइमा मात्रै उम्रने गर्छन, उसले त्यो समयको पर्खाइमा रहनैपर्छ । विशेष गरी हाम्रो मध्य पहाड कछाडतिर साउन र भदौको समयमा च्याउ उम्रने अधिक अनुकूल समय हो । हाम्रोतिर पाईने च्याउहरुमा बेशार च्याउ, यो बेशार जस्तै हुन्छ । एकदम स्वादिष्ट हुन्छ । अम्लिसो च्याउ, यो अम्लिसोको पात कलरमा उम्रन्छ । यो पनि निकै मिठो स्वाद भएको च्याउ मानिन्छ । अर्को माटो च्याउ, यो माटो च्याउ पिरो खालको हुन्छ । यसलाई एकपटक उसिनेर पिरो फाल्नुपर्छ । र फ्राई गरेर खान सकिन्छ । क्र्वट्ले, यो च्याउको नेपाली नाम थाहा छैन । हामी वाम्बुलेले क्वक्टले च्याउ भन्छौ, लगायत बिषालु च्याउहरु पनि हुन्छ दूधे रातो च्याउहरु पनि हुन्छ । यो खान हुने र नहुने हुन्छन्, एबम प्रकारले च्याउहरु उम्रन्छन । यो सिजनल तरकारीको रुपमा मानिसको निम्ति निःशुल्क प्रकृतिले उपलब्ध गराएको स्वस्थ खान्कीहरु मध्येको राम्रो तरकारी च्याउ हुन ।
स्वास्थ तरकारी च्याउ
च्याउ भन्नाले मासु संग तुलना गरिने एकप्रकारको तरकारी हो ।
च्याउलाई अर्थ्याउने विभिन्न किसिमका परिभाषाहरुछन । तर यति हो कि अहिलेको यो हाईबृड ग्रेडिङमा उत्पादन गरिएका तरकारी किनेर खानेको स्वस्थ भन्दा सिस्नु टिमुरको अचार लट्टेको साग र जङ्गलका निंगुरो च्याउ जस्ता तरकारी खानेहरुको शरीर एकदम निश्फिक्रि स्वस्थ हुन्छ । यो सकरात्मक कुरा हो ।
प्रकृतिबाट मुनाफा
महङ्गी बढेर मान्छेले पासो लगाउन थालीसके । जस्तैः राजधानीको मुख्य सडकमा २०७९ पौषमा सरिरमा ईन्धन खन्याएर एक ब्याक्तिले प्राण त्यागे । यो दुखद पक्ष हो । काठमाडौं बाहिर पनि त्यस्ता कैयन घटना घटेको देख्न सकिन्छ । गाउँ घर रित्तिएर बस्ती सहर केन्द्रित हुन थाल्यो । जग्गा जमिन बाँझिएको बाँझिएई छ । यी यस्ता कारण किन भयो ? भन्दा मान्छेलाई मुद्रा बिहिन केही गर्न नसक्ने अबस्थामा परिणत गरायो अहिलेको यो बित्तिय परिवेशले । साम्राज्यवादी नीतिका पक्षपोषकहरु पैसा ब्याजमा लगानी गरेर ब्याजले अकुत ब्याज कमाउने परिस्थितिमा बिश्वलाई पुर्याए र हाम्रो युवा जमात बिदेशीनुपर्ने कारणले पर्याप्त उत्पादन हुन सकेन नेपालभित्र र राज्य कम्जोर बनिरहेछ अर्थतन्त्रमा । अर्थतन्त्रमा सुधार भएन भने विकास हुदैन । अर्थतन्त्र सुधार गर्न हामीले स्थानिय उत्पादन र भण्डारण वितरण प्रणाली सुदृढ गर्नुपर्छ । यो ब्याबस्था राज्य वा सरकारको हो । यहाँ उत्पादन भएको अम्बकहरु नास्पाती आरुबखडाहरु कटुस काफलहरुको बेचबिखनमा आयश्रोत देखिदैन लिच्ची आँप मेवा खर्बुजा अँगुर निबुवा कागती विभिन्न किसिमको फलफूलहरु त्यसै बारीमा सडेर जान्छ । कुनै पनि स्थानिय निकायले यसको ब्याबस्थित बजार प्रबर्द्धन गरेको पाईदैन । हामी संग अर्थतन्त्रमा सबल हुन विभिन्न तरिकाहरुछन । यदि यी कुराहरुको सही सदुपयोग र निर्बिकल्प नीति निर्माण र उपायहरुमा लाग्ने हो भने कोही पनि बिदेशी माटोमा पसिना बगाउन जानू जरुरी छैन । जस्तै हाईड्रोपावरहरुको सञ्चालन पम्पिङ सिस्टममा सिञ्चाईको समेत सुविधा पु¥याउने हो भने युवाहरू अबस्य खेत खन्न फर्कने छन् । त्यो दुबई साउदी र कतारबाट त झन चाँडो देश फर्कनेछन, हाम्रा स्वदेशी श्रमिक युवाहरु । पैसाको अभावमा त्यो अस्वभाविक मरुभूमिमा को डढेर आफ्नो परिवारको अभाव मेट्ने शितलता किन्न बसीरहला । यसो नगरे नेपाल सरकार र गणतन्त्रको राजतन्त्रात्मक ब्याबास्थाबाट रुपान्तरणको अर्थ रहनेछैन मात्रको गुणमा परिवर्तन गर्न यी सामान्य कामहरु नीतिगत तहले ब्याबस्थित भएर गरिदिए बिदेशमा बेचिएका श्रमिकको पेन्सन भन्दा पनि स्वदेशी उत्पादनमा आम मानिसहरु लगानी गर्न ईच्छुक हुनेछन् । र बजार ब्यबस्थापनमा सरकारको हस्तक्षेप अनिवार्य छ । बिचौलियाहरुको कारण १५ रुपैयाँको सागको मूल्य २५ रुपैया वा १० रुपैया बढी मुल्य तिर्न उपभोक्ता बाध्य छन यो परिदृष्य प्रत्येक बजारबाट हटाएर अब १५ रुपैयाँको साग अठार बढीमा २० रुपैयाँमा किनबेच होस÷हुनुपर्छ । अनि मात्रै सन्तुलित बजार कायम हुन्छ । यता बेलैमा बुद्धि पुगोस । निःसंकोच ती हाम्रा सिजनल प्राकृतिक च्याउहरुले समेत खरबौ डलर कमाउन सक्छन् । यो बुद्धि फिरेमा सम्बन्धित हामी सरोकारवालाहरुले सहजता अनुभुत गर्न पाउने छौ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !