सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन ५, २०८१, Khotang

Image

बाराहापोखरीका दुई खवरहरु


हलेसीन्युजडेस्क, खोटाङ /

विध्यालय व्यवस्थापन समिति गठन
शुन्तले—खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. २ शुन्तलेस्थित जिउ माध्यामिक विध्यालयको विध्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय समाजसेवी फडिराज तिमिल्सिना सर्वसम्मत चयन हुनुभएको छ । अशोज ४ गते शुक्रवार भएको अभिभावक भेलाबाट व्यवस्थापन समितिका अध्यक्षमा तिमिल्सना सर्वसम्मत चयन हुनुभएको हो ।

कक्षा १० सम्म अध्याययन अध्यापन गरिने जिउ माविमा सो वडा र आसपासका गाउँ तथा उदयपुरका सिमा छेत्रहरुबाट समेत विध्यार्थीहरु अध्ययनका लागि आउने गर्दछन् । यस अगाडि सोही गाउँका लाखमान राई विव्यास अध्यक्षमा हुनुहुन्थ्यो भने नवनिर्वाचित तिमिल्सना २०६४ सालदेखि २०६७ साल सम्म सो विध्यालयको विव्यास अध्यक्षको जिम्मेवारी सम्हाली तत्पश्चात निरन्तर व्यवस्थापन समितिको सदस्यमा रहदै आउनु भएको थियो ।

शिक्षकको निधनप्रति पालिकाद्धारा दुःख व्यक्त गर्दै एकदिन शैक्षिक संस्था विदा गरिने
साउनेचौर—खोटाङको बाराहापोखरी गाउँपालिकाले एक शिक्षकको निधनप्रति दुख व्यक्त गर्दै गाउँपालिकाभित्रका सबै शैक्षिक संस्थाहरुमा अशोज ६ गते १ दिन बिदा दिने निर्णय गरेको छ । बाराहापोखरी गाउँपालिका वडा नं. ३ साउनेचौरस्थित जनविकास माध्यामिक विध्यालयमा प्राथमिक शिक्षकको राहत दरवन्दिमा कार्यरत शिक्षक राजकुमार बन्जाराको अशोज ४ गते निधन भएकोले गाउँपालिकाले दुख व्यक्त गर्दै सोही दिन बैठक बसी अशोज ६ गते पालिकाभित्रका सबै शैक्षिक संस्थाहरुमा १ दिन विदा दिने निर्णय गरिएको गाउपालिका अध्यक्ष शालिकराम बन्जाराले बताउनुभयो  ।

साउनेचौर ठुलिवेशि निवासी बन्जारा सो गाउँपालिकाभित्र एकजना निष्ठावान शैक्षिक अभियन्ताका रुपमा चिनिनु हुन्थ्यो । उहाँले यस अगाडि पनि सोही वडामा सञ्चालित गैयास्थान आधारभूत विध्यालयमा लामो समयसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै शैक्षिक सेवा प्रदान गरिसक्नुभएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / विध्यालय व्यवस्थापन समिति गठन शुन्तले—खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं....

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २८ दिने...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा दशौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस आजबाट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा आजदेखि तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस...

Horoscopes Icon

All Horoscopes