सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ५, २०८०, Khotang

Image

नेवार सँस्कृति अनुसार लाखे जात्रा शुरु


हलेसीन्युजडेस्क, खोटाङ /

नेवार समुदायको प्रमुख पर्व लाखे जात्रा सोमबारदेखि औपचारिकरुपमा शुरु भएको छ । नेवार समुदायको घनाबस्ती रहेका ठाउँमा हरेक वर्ष मनाइने लाखे जात्रा अन्तर्गत खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सोमबारदेखि लाखे नाच प्रदर्शन गर्दै जात्रा शुरु गरिएको होे । 

द्वापर युगमा भगवान श्रीकृष्ण र उहाँको मामा कंशबीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै नेवार समुदाय भएका बजार क्षेत्रमा लाखे जात्रा गरिने चलन छ । 

विशेषगरी खोटाङको दिक्तेल रुपाकोटमझुवागढी नगरपालिकाको दिक्तेलबजार, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कवजार,  खोटाङबजार, बुइपाबजार , चिसापानी बजार, अर्खौले बजार, खार्मी, दोर्पाचिउरीडाँडा, रावाँबेसी गाँउपालिकाको लामिडाँडा लगायत अन्य नेवार समुदायको  सघन बस्ती भएको ठाउँमा यो पर्ब मनाइने गरिएको छ ।

लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाजा बजाइने तथा  भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाच राति सँगै दिनमा पनि  देखाइने दिक्तेल बजार समाजिक गुठीका साधारण सदस्य  एवं दिक्तेल बोर्डिङ सेकेन्डरी स्कुल दिक्तेलका प्रधानाध्यापक धनकर्ण श्रेष्ठले बताउनु भयो । उहाँ अझ थप्नु हुन्छ–‘ टाउकोमा राक्षसको खप्पर लगाएर कालिकाको फरिया, ब्लाउजमा सजिएको व्यक्तिलाई स्याउलाको लुगा, बाँदरको खप्पर र बोराको पुच्छर बनाएको केटाकेटीहरुले जिस्क्याउँदै अनि लात्तीले हान्दै नाचिने यो नाच हेर्नसमेत निकै रोमाञ्चक तथा अनौठो लाग्ने हुन्छ । ’

भिमसेन मन्दिरमा विधिवत पूजा गरि लाखेमा प्रयोग हुने ढोल,  झ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडा लगायतका सामग्रीको समेत पूजा गरि जात्रा सुरु गरिन्छ । 

वर्ष दिनभित्र मृत्यु भएका दिवङ्गत आफन्तको सम्झना गर्दै मनाइने यो धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको लाखे जात्रा काठमाण्डौँ उपत्यका लगायत देशका बिभिन्न ठाँउमा मनार्ईदै आएको छ ।
नागपञ्चमीबाट औपचारिक रुपमा सुरु गरेर विशेष तरिकाले मनाइने लाखे जात्रा कृष्णाष्टमीको भोलिपल्ट नदीमा गएर विधिवत् रुपमा समापन गर्ने चलन रहिआएको छ । श्रीकृष्णको जन्मपछि उहाँको मामा कंशको हत्यासँगै लाखे जात्राको समापन हुन्छ । 

नेवार समुदायमा बढी प्रचलित रहेको लाखे नाच जिल्लाबाट लोप हुने अवस्थामा रहकोले यसको जगेर्नाका साथै साँस्कृतिक पर्वको रुपमा प्रवर्द्धन गर्न स्थानीय सरकारहरुले समेत चासो दिनुपर्ने दिक्तेलवजारका समाजसेवी एवं राजनैतिककर्मी प्रकाश श्रेष्ठ भन्नुहुन्छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईलाई बुधवार...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्किने खालका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित गाडी पार्कीङका लागि...

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी –२०८० सफल...

Horoscopes Icon

All Horoscopes