आश्विन ३०, २०८० , Koshi
हलेसीन्युजडेस्क, खोटाङ /
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताउनुभयो । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिनुभयो ।
प्रहरी दिवसको अवसरका मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भन्नुभयोे–“प्रहरीले आफ्ना इच्छा र चाहना त्यागेर अरूको सुरक्षाका लागि खटिनु परेको छ । हरेक साना ठूला घटनामा प्रहरी नै खटिनु पर्छ । तर, हामीलाई शान्तिसुरक्षा दिने प्रहरी पहिले सुरक्षित हुनुपर्छ । प्रहरीले शौच गर्न नपाउने, खान नपाउने तर हामीले सुरक्षा भएन भन्ने धारणा परिवर्तन गरिनु पर्छ ।”
मुख्यमन्त्री कार्कीले धेरै प्रहरी कार्यालयहरु अहिले पनि संरचना अभावका कारण जीर्ण रहेको दृष्टान्त पेश गर्दै यस्तो अवस्था सुधार गर्न प्रदेश सरकारले सक्दो काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्कीले साँझमा मादक पदार्थ सेवन गर्नेलाई छुटाउन आउने टेलिफोन कलको वास्ता नगरी कार्वाही अघि बढाउन निर्देशन समेत दिनुभयो । उहाँले भन्नुभयो–“कसैले आफै कानूनको उलङ्घन गर्छ भने कार्वाही हुनुपर्छ । पहुँचको आधारमा सुरक्षा नदिनुहोस ।”
त्यस अवसरमा उत्कृष्ट कार्यालय व्यवस्थापन विधामा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेशनाथ बास्तोला सम्मानित हुनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यालय व्यवस्थापन विधामा कोशी प्रदेश प्रहरी प्रमुखलाई छनोट गरेको थियो । नेपाल प्रहरी कार्य दक्षता मूल्याङकन (Police Baton 2080) को क्रममा गरिएको अनुगमन तथा मूल्याङकनमा प्रदेश प्रहरी कार्यालयहरुमध्ये कोशीको व्यवस्थापनमा उत्कृष्ट व्यवस्थापकीय क्षमता भएका उल्लेख गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त उक्त पुरस्कार बास्तोलालाई मुख्यमन्त्री कार्कीले प्रदान गर्नुभयो । त्यस अवसरमा प्रहरी परिवारलाई पनि सम्मानित गरिएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !