सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक १, २०८०, Koshi

Image

अन्ततः कोशीका मुख्यमन्त्री कार्कीको पक्षमा दुई तिहाइ वढी विश्वासको मत


हलेसीन्युजडेस्क, खोटाङ /

अन्ततः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको पक्षमा प्रदेशसभाबाट दुई तिहाई वढी विश्वासको मत प्राप्त भएको छ । गठबन्धनका विरुद्धमा विद्रोह गरेर एमाले सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले बुधवार प्रदेशसभाका दुई तिहाईभन्दा वढी सांसहरुको विश्वासको मत प्राप्त गर्नुभएको हो ।

प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीद्धारा पेस भएको विश्वासको मतको प्रस्ताव निर्णयार्थ मतदानका लागि प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । जसमा प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिएका छन् ।

संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदले विपक्षमा मतदान गरेका छन् । राप्रपाका एक सांसद भने अनुपस्थित रहनुभयो ।

गत मंसिर ४ मा निर्वाचन भएपछि नौ महिनाको अवधिमै प्रदेश सरकार गठनको सन्दर्भमा संविधानले व्यवस्था गरेका चार वटै उपधाराको प्रयोग भएको छ भने उपधारा ५ बमोजिमको सरकार गठनमा कांग्रेस र सत्ता गठबन्धनमा विद्रोहका बाबजुद अन्ततः नवनियुक्त मुख्यमन्त्री कार्कीले उल्लेखनीय विश्वासको मत प्राप्त गर्नुभयो ।

संघीय सरकार तथा अन्य ६ प्रदेश सरकारको गठन भन्दा भिन्न यो प्रदेशमा नेकपा एमाले पनि सरकारमा सामेल भएको छ । कांग्रेस, माओवादी केन्द्रसहित सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए । तर, कांग्रेसका कार्कीसहित ८ सांसदले विद्रोह गरेर एमाले सांसदको सहयोगमा मुख्यमन्त्री दाबी गरेपछि गठबन्धनले आङ्बोको दाबी फिर्ता गराएर कार्कीलाई नै सहयोग गरेको थियो ।

अब कोशी प्रदेश सरकारको आगामी यात्रा कस्तो रहनेछ भन्ने विषयमा विभिन्न अड्कलवाजी शुरु भएको छ । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

Horoscopes Icon

All Horoscopes