भदौ ०१, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको दृष्टिकोणले प्रशिद्ध कालिका भगवती मन्दिर क्षेत्रमा पुजा अर्चनाका साथै दर्शन गर्न र घुम्नका लागि समय सिमा तोकिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेबाट साँझ ७ बजेपछि हाटडाँडास्थित मुख्य प्रवेशद्धारबाट मन्दिर क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको हो ।
सूचनामा वेलुकी ७ वजे अगाडि नै कोही प्रवेश गरेको भए पनि राती ८ बजेसम्म अनिवार्य रूपमा हाडडाँडास्थित गेटबाट बाहिर निस्किसक्नुपर्ने जनाइएको छ । यस्तै राति ९ बजेदेखि भने मन्दिर परिसरमा जडान गरिएका सबै बत्तीहरू बन्द गरिने व्यवस्था गरिएको नगर प्रवक्ता एवं वडा नः ५ का वडाध्यक्ष दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । कालीका भगवती मन्दिर जिल्लामा मात्र नभई आसपासका जिल्लामा समेत पूजनीय स्थलका रूपमा परिचित छ । पुराना कथनअनुसार यहाँ पूजा गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ । त्यस्तै प्रशिद्ध त्रिधार्मिक स्थल हलेसीको दर्शन पछि कालिका भगवतीको दर्शन गर्नाले भक्तजनको मनोकांक्षा पूर्ण हुने पनि धार्मिक विश्वास छ ।
कालिका भगवती मन्दिर परिसरमा शौन्दर्यकरण गरिनुका साथै सन्ध्याकाल शुरु भएसँगै विभिन्न रंगिन बत्तिहरु झलमल बालिन थालेपछि थप आकर्षक गन्तव्यको रुपमा सो क्षेत्र परिचित हुन थालेको छ । विहानदेखि वेलुकी सम्म बाक्लो भक्तजन तथा दर्शनार्थीहरुका साथै दिक्तेल वरपरका मानिसहरु समेत उक्त क्षेत्रमा घुम्न जाने गर्दछन् ।
पछिल्लो समयमा यो क्षेत्रमा अनावश्यक भीडभाड, होहल्ला हुने गरेको गुनासो बढेपछि नगरपालिकाले शान्तिसुरक्षाका साथै अपृय घटना घट्न नदिनका लागि राती अवेरसम्म त्यहाँ मानिसको आवत जावतलाई रोक लगाइएको नगरपालिकाले जनाएको छ । यसका अतिरिक्त धार्मिक स्थललाई पवित्र राख्न, सुरक्षालाई सुदृढ गर्न र सौन्दर्यीकरणमा खर्च भएका संरचनाको संरक्षण गर्न यो कदम चालिएको नगरप्रमुख तीर्थराज भट्टराईको भनाई छ । ऐतिहासिक मझुवागढी समेत रहेको यो क्षेत्रमा किराँत साँस्कृतिक पहिचान झल्कने विभिन्न संरचनाहरु समेत बनेका छन् । यस्तै कालीका भगवती मन्दिर तथा मझुवागढी पैदल जानका लागि प्रयोग हुने सिँढी आसपास विभिन्न प्रजातिका फूलहरु रोपेर आकर्षक उध्यानसहित रंगीन वातावरण सिर्जना गरिएको छ भने मन्दिर परिसरलाई व्यवस्थित पार्क जस्तो रूप दिइएको छ ।
नगरपालिकाको तर्फबाट तोकिएको समयले धार्मिक गतिविधि व्यवस्थित हुने, वातावरण स्वच्छ हुने र पवित्रता जोगिने अपेक्षा गरिएको छ । धार्मिक आस्था, सौन्दर्यीकरण र पर्यटन प्रबद्र्धनलाई जोड्दै कालीका भगवती मन्दिर क्षेत्रमा भित्रिने र बाहिरिने समय तोकिएको यो निर्णयलाई स्थानीयले समेत सकारात्मक रूपमा लिएका छन् ।
नगरपालिकाले गरेको यो पहलले खोटाङको गौरवमयी धार्मिक सम्पदा सुरक्षित हुनुका साथै धार्मिक पर्यटनलाई दीर्घकालीन रूपमा सम्वर्द्धन हुने विश्वास लिइएको छ ।
नगरपालिकाद्धारा जारी गरिएको सूचना
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !