श्रावण २२, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको सडक स्थानीयबासीको सहयोगमा पहिरो हटाई सुचारु गरिएको छ । चार दिनअघिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट झरेको पहिरोले अवरुद्ध बनेको बाँझेच्यानडाँडा–रतन्छा–मानेभन्ज्याङ सडकखण्ड अन्तर्गत साकेला गाउँपालिकाको वडा नम्बर–१ बाँझे लगनेडाँडामा गाउँपालिकाको पहल मार्फत स्थानीय नागरिकहरुको सहयोगमा पहिरो पन्छाएर सञ्चालनमा ल्याईएको हो ।गत सोमबार राती सडकको माथिबाट ढुङ्गा सहितको पहिरो सडकमा झरेपछि सवारी साधन आवतजावत बन्द भएको थियो । बुधबार गाउँपालिकाको जेसिवी तथा स्थानीयको स्काभेटर सहित जनप्रतिनिधि र वडा नम्बर १ का स्थानीय नागरिकहरुको सहयोगमा सडक खुलाईएको साकेला गाउँपालिकाका प्रमुख रवि प्रकाश राईले बताउनुभयो ।
साकेला गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको उक्त सडक पुष्पलाल मध्यपहाडि लोकमार्ग हुँदै सदरमुकाम दिक्तेल र कोशी प्रदेशका विभिन्न जिल्ला पुग्न सकिन्छ । मध्यपहाडी लोकमार्गसँग जोडिएको उक्त सडक गाउँपालिकाको केन्द्रबाट १७ किलोमिटर लामो दुरीमा बिस्तार भएको प्रमुख सडक हो । निरन्तर स्तरोन्नति र निर्माण भईरहेको उक्त सडकलाई गाउँपालिकाले प्राथमिकता दिएर निर्माण गरिरहेको छ । गाउँपालिकाले यस सडक मात्र नभई प्राकृतिक विपत्तिका कारण हुने क्षतिलाई न्यूनिकरण गरि नागरिकलाई सहजता दिलाउन आकस्मिक पूर्वाधार सेवा मार्फत विभिन्न स्थानका सडक तथा पुर्वाधार निर्माणको कामलाई निरन्तरता प्रदान गरिरहेको प्रमुख राईले बताउनुभयो ।
सोही सडक खण्डको रुपुवा खोलामा गत साउन १० गते ग्याविन जालि पहिरोले बगाएपछि गाउँपालिका प्रमुख राईको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीय नागरिकको सक्रियतामा मर्मत गरि पुन सुचारु गरिएको थियो । सो समय पहिरोका कारण ग्याविन जाली बग्दा करीव ५० लाख रुपैंया बराबरको क्षति भएको थियो ।
पालिकाको गौरवको सडक मानिएको उक्त सडकमा स्थानीय, प्रदेश तथा संघीय सरकारको करोडौं रुपैंया बजेट लगानी भएको छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा संघीय समपुरक योजना अन्तर्गत केही बजेट प्राप्त भई निर्माणको काम भएको थियो भने चालु आर्थिक वर्ष २०८२/०८३ को लागि संघीय समपूरक योजना अन्तर्गत बजेट विनियोजन भई काम प्रारम्भ हुने चरणमा रहेको छ ।
संघीय समपूरक योजना अन्तर्गत यस सडक निर्माणका लागि स्थानीय तहको २० प्रतिशत लागत साझेदारी हुनेछ । बहुबर्षिय योजना अन्तर्गत निर्माण भईरहेको यस सडकमा आगामी आर्थिक वर्षको समेत गरी कूल ६ करोड २३ लाख बराबरको काम यसै वर्षदेखि प्रारम्भ हुने गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभएको छ ।
हाल ग्राभेल सडकको रुपमा रहेको करीव १७ किलोमिटर लामो उक्त सडक कालोपत्रे सहित सम्पन्न हुनका लागि भने एक अरव १४ करोड रुपैंया लागत बराबरको बिस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !