श्रावण ३१, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका लागि कष्टदायक छन् । एक ठाउँबाट अर्को ठाउँ जान ती सडकहरुमा वर्षादका कारण यात्रीहरुले ठूलो सास्ती र जोखिम मोल्नुपर्ने बाध्यता छ । यस्तो वेला स्वभाविक रुपमा ती यात्रुहरुले जिल्लाका नेतृत्वहरुलाई सामाजिक सञ्जाल या कुनै माध्यमबाट आलोचना गरेर चित्त बुझाउने गर्दछन् । तर खोटाङको साकेला गाउँपालिकाभित्र यात्रुहरुले हिउँद या वर्षादको समयमा छुट्टै अनुभव बटुल्ने गर्दछन् । यहाँका सडकहरुमा नियमित श्रमदानमार्फत सडकको भत्केको भाग मर्मत गर्ने, सडकको नालीहरु सफा गर्ने, झाडी बुट्यानहरु सफा गर्ने कामहरु भैरहन्छन् । यस्ता कामहरुको निरन्तरताले साकेला गाउँपालिकाभित्रका सडकहरु यात्रूका लागि सहज र सुविधाजनक रहेको स्थानीय बताउछन् ।
यही क्रममा साकेला गाउँपालिकामा सञ्चालन भईरहेको पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा श्रावण ३० गते श्रमदान मार्फत सडक मर्मत र सरसफाई गरिएको छ । अध्यक्ष राईको नेतृत्वमा ५० जनाभन्दा बढी गाउँपालिकामा कार्यरत कर्मचारी, मानेभन्ज्याङ बजारबासी, इलाका प्रहरी कार्यालय मात्तिमका प्रहरी र अन्य साकेलाबासी स्थानीय नागरिकहरुको सहभागितामा साप्सुखोला–मानेभन्ज्याङ–तावाभन्ज्याङ खण्डको नागढुङ्गादेखि बिर्ता जाने सडक पूर्ण रुपमा सरसफाई गरिएको हो ।
वर्षादका कारण सडकको भित्तामा थुनिएको नाली खोल्ने, सडकमा भएको फोहर व्यवस्थापन गर्ने, झोरझाडी हटाउने, खाल्डाखुल्डी पुर्ने लगायतका कामको लागि श्रमदान अभियान चलाईएको पूर्ण सरसफाई कार्यक्रम संयोजक सगुन बस्नेतले जानकारी दिनुभयो । पूर्ण सरसफाईमैत्री गाउँपालिका निर्माणको नीति अनुरुप यहाँको विभिन्न स्थानहरुमा श्रमदान मार्फत सरसफाईको विविध गतिविधिहरु सञ्चालन गरिँदै आईएको छ ।
बजार, पार्क, सडक तथा सार्वजनिक स्थलहरुमा सरसफाई गर्ने, खुल्ला तथा खाली स्थानहरुमा भुगोल र वातावरण सुहाउँदो विरुवाहरु रोप्ने, फोहरमैला संकलन तथा व्यवस्थापन गर्ने लगायतका गतिविधिहरु कार्यक्रम मार्फत सञ्चालन गरिँदै आईएको छ ।
गाउँपालिकाले सञ्चालन गर्ने संस्कार र सभ्यता, पूर्ण सरसफाई, आकस्मिक पूर्वाधार मार्फत गरिने विविध क्रियाकलापको नेतृत्व गाउँपालिका अध्यक्ष राई आफैले गर्दै आउनुभएको छ । कर्मचारी, स्थानीयवासी नागरिकहरुको उपस्थितिमा गरिने श्रमदान अभियानले संस्कार र सभ्यताको पहिचान साकेलाले दिएको जानकारहरु बताउँछन् ।
‘हामी साकेला गाउँपालिकालाई सफा र सुन्दर बनाउन प्रयत्नशिल छौं, गाउँपालिका सरकारले चालेको सरसफाईको अभियानलाई स्थानीय नागरिकहरुले स्वस्फूर्त रुपमा सहयोग गरिरहनुभएको छ ।’ अध्यक्ष राईले भन्नुभयो–‘पालिकाले गर्ने हरेक कार्यमा स्थानीयको साथ पाए समृद्ध साकेला बन्न धेरै समय लाग्दैन ।’
वर्षादका कारण भत्के विग्रेका सडकहरु पनि तत्काल स्थानीयवासीहरुको सहयोगमा गाउँपालिकाले मर्मत संभार गरी यातायात सुचारु गर्दै आएको अध्यक्ष राई बताउनुहुन्छ ।
जिल्लाका अन्य गाउँपालिकाले पनि यस्तो अभियान मार्फत आ–आफ्नो पालिकाभित्रका सडकहरुलाई नियमित मर्मत सुधार गर्न सके यात्रुहरुले ज्यानै जोखिम मोलेर यात्रा गर्नुपर्ने स्थिति नआउने जिल्लावासीको भनाई छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !