बैशाख १७, २०८० , Khotang
हलेसीन्युजडेस्क,खोटाङ ।
सगरमाथा राजमार्गको गाइघाट दिक्तेल सडक निर्माणमा चरम ढिलाई हुँदा खोटाङ जिल्ला प्रदेश क का प्रदेश सांसद पाँचकर्ण राई (पिके) को नेतृत्वमा मध्यपहाडी लोकमार्ग अन्तर्गत महुरेमा डेढ घण्टा चक्काजाम गरिएको छ । गाइघाट दिक्तेल सडक अन्तर्गत खोटाङतर्फको ४८ किलोमिटर सडक-खण्ड चार वर्षमा कालोपत्रे गर्ने ठेक्का लिएको ठेकेदारले सात वर्ष वितिसक्दा पनि कालोपत्रे नगरेपछि आइतबार बिहान सगरमाथा र मध्यपहाडी लोकमार्ग को मिलनविन्दु रहेको महुरेमा डेढ घण्टा चक्काजाम गरिएको हो ।
कालोपत्र गर्न आवश्यक पर्ने निर्माण सामग्री समेत ठेकेदारले त्यतै अलपत्र पारेर फरार रहेको छ । पटक पटक स्थानीय तथा राजनैतिक दल र नगरपालिकाको तर्फबाट समेत यस सम्बन्धमा आवाज उठाउँदा समेत सडक निर्माणको काम अगाडि बढ्न सकेन । चालु आर्थिक वर्ष पनि वित्नै लागिसकेको र वर्षाद पनि चाँडै शुरु भैसकेको अवस्थामा सदनमा गुनासो राखेर मात्र सम्भव नभए पछि प्रदेश साँसद राई सडकबाटै आन्दोलनमा उत्रनु परेको थाहा हुन्छ ।
आइतवार विहान ६ वजेदेखि ७.३० वजे सम्म सडक अवरुद्ध गर्दा दुई दर्जन बढी यात्रुबाहक सवारी साधन बीच सडकमै रोकिएको थियो । विरोध स्वरुप गरिएको चक्का जाम कार्यक्रममा खोटाङ क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य पिके राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, वडा नं. १४ बुइपाका वडाध्यक्ष दिनेशकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका वडाध्यक्ष अनिश कार्की लगायत अन्य नेता तथा कार्यकर्ताहरु हातमा विभिन्न दवावमूलक नारा लेखिएका प्लेकार्ड बोकेर सहभागी बनेका थिए ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !