फागुन ०१, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ जिल्ला कच्चि सडकको सञ्जालबाट जेलिएको छ । कुनै वेला यातायातको सुविधा पाउन उदयपुरको कटारी या गाइघाट पुग्नुपर्ने जिल्लावासी अब आफ्नै गाउँवस्तिमा जोडिएका सडकबाट यातायातको सुविधा पाउने भएका छन् ।
खोटाङबाट तराई होस या काठमाण्डौँ एकैदिनमा समय छदै जिल्लावासीहरु आफ्नो गन्तव्यमा पुग्ने भएकाछन् । तर ती सडकहरुको गुणस्तरीयतामा भने अझ पनि प्रगति हुन नसक्दा ती सडकहरुमध्ये करिव ७५ प्रतिशत सडक वर्षामा ठूला ठूला खाल्डो र खहरेजस्ता भड्खाला बन्ने गरेकाछन् । यो वर्ष पनि अझसम्म सडक स्तरोन्नतिका कामले तिव्रता पाइसकेको छैन । कतिपय कामहरु ठेक्का प्रकृयामा रहेको बताइन्छ । ठेक्का स्विकृत भएर फिल्डमा काम शुरु गर्दा नगर्दै वर्षादको प्रारम्भ हुने र ठेकेदारको ढिलासुस्ति सँगै कामले प्रगति लिन नसक्दा आगामी वर्षादको समय उसरी नै यातायात कष्टदायी बन्ने निश्चित देखिन्छ ।
यतिहुदा हुदै पनि जिल्लावासीहरु भइरहेका सडकको विकल्पमा तराइसँग जोड्ने छिटो र छोटा सडकहरुको खोजिमा पनि लागिरहेकै छन् । जिल्लाको सदरमुकाम दिक्तेलवजारदेखि तराई जोड्ने सडकहरुमा अत्यन्त छोटो दुरि मानिने दिक्तेल–खानिडाँडा–रेग्मीटार खण्डको कच्चि सडक सञ्चालन योग्य बनेपछि यसको परिक्षण पनि गरिएको छ ।
जिल्ला विकास समिति अस्तित्वमा रहदै २०७२÷७३ सालताका उक्त सडक खण्डको ट्रयाक खोल्ने काम शुरु भएको थियो । दिक्तेलबाट गाइघाट जाँदा मौरे–बुइपा–राजापानी भएर जानुपर्दा यात्रा निकै लामो र घुमाउरो भएको ठहर गर्दै जिल्ला विकासको आयोजनामा त्यो वेला सर्वदलीय बैठकले दिक्तेल–खानीडाँडा–आहाले हुदै रेग्मीटार जोड्न सके करिव डेढ दुइघण्टा समय बच्ने निष्कर्षमा उक्त सडक खण्डको काम प्रारम्भ भएको थियो ।
तर साप्सुखोलास्थित नयाँवस्ति देखि उताको भाग ठाडो भिर र चट्टानी भूभागबाट बनेकोले सिमित वजेटमा सडक खन्ने कामले द्रुतता पाउन सकेन । सोही अवस्थामा साप्सुखोला दिखुवादोभानमा हाइड्रो पावरको काम शुरु भएपछि त्यहाँबाट राजापानी(पुराना गाउँ) हुदै गाइघाट–दिक्तेल सडकसम्म हाइड्रोपावरले सडक निर्माण गरेपछि दिक्तेल–आहाले हुदै दिखुवादोभान–राजापानी(पुराना गाउँ) भएर रेग्मीटार जाने सडकको सम्भावना बढेर गयो । तत्पश्चात दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले रु ४७ लाख वजेट विनियोजन गरेर आहाले दिखुवादोभानको ट्रयाकलाई स्तरोन्नतिको काम शुरु ग–यो । यो आ.व.मा पनि रु २० लाख विनियोजन गरेर स्तरोन्नतिको कामलाई निरन्तरता दिइरहेको नगरपालिका श्रोतले जनाएको छ । उपभोक्ता समितिमार्फत स्तरोन्नतिको काम गरिएको उक्त सडकमा उपभोक्ता समितिले रु ६ लाख ७९ हजार ७२१ बराबरको श्रमदान गरेका छन् ।
खानीडाँडा–आहाले–दिखुवादोभानबाट सिधै रेग्मीटार जोड्नका लागि प्रदेश सरकारसँग गौरवको आयोजनामा राखिदिन अनुरोध भैरहेको नगरपालिकाले जनाएको छ । यसका लागि चालू आ.व.मा प्रदेश सरकारबाट रु ८० लाख वजेट विनियोजन भएको जनाइएको छ ।
माघ २९ गते सोही सडक दिक्तेलदिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले रिवन काटेर उद्धघाटन गर्दै परिक्षणका रुपमा दुईवटा बस गुडाएसँगै नियमित यातायात सञ्चालनको तयारी भैरहेको यातायात व्यवसायी बताउछन् ।
उक्त दिन जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्लेबासीले अबिर र खादाले धुमधामसँग स्वागत गरेका थिए । चालक र सहचालकलाई स्वागत गरेपछि आहालेमा आयोजित कार्यक्रममा स्थानीयवासीहरुका साथ उपस्थित सबैले उधुमले खुशी प्रकट गरे, नाँचे, गाए, रमाए ।
खाल्लेस्थित आहालेबाट दिखुवाफेदीसम्मको सडक स्तरोन्नति गरेपछि पुरानोगाउँ हुँदै रेग्मीटारसम्म नियमित बस सञ्चालन गर्ने तयारीस्वरुप परीक्षण गरिएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभएको छ ।
यो सडक सञ्चालन भएपछि सदरमुकाम दिक्तेलवजारदेखि तराई जाने सबैभन्दा छोटा मार्ग खोलिनेछ । दिक्तेल–खानीडाँडा–पुरानोगाउँ हुँदै रेग्मीटार साढे ३१ किलोमिटरमात्र छ । तर दिक्तेल मौरे रेग्मीटार सडकको दुरि ५९ किमि रहेको छ । जुन अब सञ्चालनमा ल्याइने दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर वढी दुरि रहेको छ ।
यता, दिक्तेल–खानीडाँडा सडक पनि भर्खरैबाट पुनः कालोपत्रको काम थालिएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा कालोपत्रको काम थालिएको सो सडक ठेकेदारको लापरबाहीले करिब डेढ वर्ष अलपत्र अवस्थामा थियो ।
ठेकेदार कम्पनी याक्थुङहाङ÷साप÷सिरुवा जेभीले वि.सं. २०७६ चैत–७ गतेभित्र सम्पन्न गर्नेगरी निर्माणको जिम्मा लिएको उक्त सडक सम्झौता अवधि गुज्रिएपछि थप भएको समय पनि वि.सं. २०७८ वैशाख–२९ गते सकिएको छ । चौतर्फी विरोध र दवाव सिर्जना भएपछि पछिल्लोपटक अलपत्र अवस्थामा रहेको दिक्तेल–खानीडाँडा सडक खण्ड अन्तर्गत हाटडाँडाको ढलानको काम सकेर बाँकी कामहरु डे«न वालको काम भैरहेको छ । योसँगै कालोपत्रेको काम हुने जनाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !