बैशाख ३१, २०८१ , खोटाङ
उपाधि चुम्ने पालिकाहरुमा महिला तर्फ आमचोक र पुरुष तर्फ दमक
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङको ऐसेलुखर्क गाउपालिकामा आयोजना गरिएको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिकास्तरीय महिला/पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको प्रायोजनमा खेलकुद विकास समिति ऐसेलुखर्कले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिकास्तरीय महिला/पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ आमचोक गाउँपालिका भोजपुर र पुरुषतर्फ दमक नगरपालिका झापाले उपाधि चुम्दै आइतवार बैशाख ३० गते प्रतियोगिता सम्पन्न भएको हो ।
गत बैशाख २६ गतेबाट शुरु भएको प्रतियोगितामा फाइनल खेलमा केपिलासगढी गाउँपालिका बाक्सिला खोटाङलाई हराँउदै महिला तर्फ आमचोक र षडानन्द नगरपालिका भोजपुरलाई हराउँदै दमकले पुरुष भलिबल प्रतियोगिताको उपाधि चुमेको आयोजकले जनाएको छ । यसरी महिला तर्फको प्रतिष्पर्धामा भोजपुरको आमचोक गाउँपालिका प्रथम, केपिलासगढी गाउँपालिका दोश्रो र आयोजक ऐसेलुखर्क गाउँपालिका तेश्रो भएको छ भने पुरुष तर्फ झापाको दमक नगरपालिका प्रथम, भोजपुरको षडानन्द नगरपालिका दोश्रो तथा सोलुखुम्वुको सोताङ गाउँपालिका तेश्रो भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना महिला÷पुरुष दुवै स्थानीय तहलाई समानरुपमा क्रमशः नगद रु दुई लाख, रु एक लाख, रु ५० हजार र रु .२५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । विधागत पुरस्कारतर्फ महिला÷पुरुष दुवै समूहका एक÷एकजना उत्कृष्ट खेलाडीलाई नगद रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
महिलातर्फ आमचोककी आरुषा तामाङ र पुरुषतर्फ झापाका रोमन बस्नेत उत्कृष्ट खेलाडी घोषित भएको आयोजकले जनाएको छ । यस्तै, महिलातर्फ बेस्ट स्पाइकर रोशिका बराईली आमचोक, बेस्ट सेटर शिखा कोयुराई केपिलासगढी, बेस्ट ब्लकर सुनिता खत्री केपिलासगढी, बेस्ट डिफेण्डर अस्मिता राई ऐसेलुखर्क, बेस्ट सर्भर बिनिता राई केपिलासगढी तथा अनुशासित खेलाडी रोमा श्रेष्ठ आमचोक र बेस्ट प्रशिक्षक तारा मगर आमचोकलाई नगद रु तीन÷तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
पुरुषतर्फ बेस्ट स्पाइकर मनिष गौतम षडानन्द, बेस्ट सेटर राजन लिम्बू ‘मस्कान‘ झापा, बेस्ट ब्लकर कृष्ण रसाईली षडानन्द, बेस्ट डिफेण्डर भुवन केसी झापा, बेस्ट सर्भर कृष्ण तामाङ झापा, अनुशासित खेलाडी सञ्जय बस्नेत सोताङ तथा बेस्ट प्रशिक्षक सुमन रानामगर झापा घोषित भएको आयोजकले जनाएको छ । विजेता समूह तथा खेलाडीलाई गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई र उपप्रमुख राजेश राजभण्डारीले संयुक्तरुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।
युवाहरुको वीच लोकपृय ठानिने भलिवल खेललाई दुरदराजका वस्तिहरुमा समेत प्रवद्र्धन गर्दै विकास, विस्तार तथा नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्धेश्य अनुरुप खेलकुद विकास समिति ऐसेलुखर्कले ऐसेलुखर्क गाउपालिका प्रथम अध्यक्षकप अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिताको् आयोजना गरिएको पालिका अध्यक्ष गिरेन्द्र राई बताउनुहुन्छ । उहाँका अनुसार यसलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिइने छ ।
[ यो पनि- ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिवल प्रतियोगिता आजदेखि शुरु }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !