सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २०, २०८१, खोटाङ

Image

हौँचुर पोखरीको नवनिर्मित विध्यालय भवन उद्घाटन


हलेसीन्युजडेस्क, खोटाङ/

खोटाङको रावाबेसी गाउँपालिका–६ हौचुर पोखरीमा रहेको पञ्चकन्या आधारभूत विध्यालयको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । पञ्चकन्या आधारभूत विध्यालयका विव्यास अध्यक्ष मोहन गुरुङको सभापतित्व तथा कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा आज (जेष्ठ २०) नवनिर्मित भवनको उद्घाटन गरिएको विव्यास अध्यक्ष गुरुङले हलेसी एफएमलार्ई जानकारी दिनु भएको छ । 

संघीय सरकार तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु. २४ लाख बजेटसँगै ७ लाख बराबर जनश्रमदानबाट निर्माण गरिएको दुईकोठे आरसिसि भवनको कोशी प्रदेश प्रमुख खापुङ, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ई, दिक्तेल शुभम फाउण्डेसनका अध्यक्ष तथा नगरका सल्लाहकार सुर्यबहादुर रार्ई लगायत अन्य जनप्रतिनिधिहरुबाट व्यानर र शिलालेख पढेर उद्धघाटन गरिएको हो । 

प्रमुख अतिथि तथा प्रदेश प्रमुख खापुङले सम्बोधनका क्रममा गाउँ बस्तिमा यस्तो प्रकारको बिध्यालय देखेर आफू निकै हर्षित भएको बताउनुभयो । अङ्ग्रेजी र नेपाली दुबै माध्यमबाट संञ्चालन हुँदा यो एउटा नमूना विध्यालय रहेको धारणा राख्नु भयो । उहाँले बिध्यार्थीहरुको उज्वल भविष्यको कामना पनि गर्नुभयो ।  

सो अवसरमा विध्यालय भवन निर्माणमा जनश्रमदान दिने श्रमदाताहरुलाई विध्यालयको तर्फबाट प्रमुख अतिथि खापुङले सम्मानपत्र समेत प्रदान गर्नुभएको विव्यास अध्यक्ष गुरुङ बताउनुहुन्छ ।

विध्यालय भवन उद्धघाटन कार्यक्रममा कोशी प्रदेश प्रमुख खापुङका साथ नगरपालिका नगरप्रमुख भट्टरार्ई, दिक्तेल शुभम फाउण्डेसनका अध्यक्ष तथा नगरका सल्लाहकार राई, विव्यास अध्यक्ष गुरुङ, विध्यालयका अन्य शिक्षक तथा विध्यार्थीहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, वडाका वडाध्यक्षहरु, स्थानीय अभिभावक, बुद्धिजिवि भद्र भलादमी लगायतको उपस्थिति रहको थियो । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes