सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २०, २०८१, खोटाङ

Image

दिक्तेल सोल्मास्थित जनजागृति माविको ‘ज्ञानभवन’ उद्घाटन


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन फाउण्डेसन मातहत सञ्चालनमा रहेको जन जागृति माध्यमिक विद्यालयको अत्याधुनिक  ‘ज्ञानभवन’ को उद्घाटन गरिएको छ । जनजागृति माविको विव्यास अध्यक्ष सूर्यबहादुर रार्ईको सभापतित्व तथा कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा विध्यालयमा अध्ययनरतः विध्यार्थीहरुकै सिप र दक्षता प्रयोग गरी निर्माण भएको अत्याधुनिक  ‘ज्ञानभवन’ को आज (जेष्ठ २०) एक औपचारिक कार्यक्रमका वीच उद्घाटन गरिएको अध्यक्ष रार्ईले हलेसी एफएमलार्ई बताउनुभयो । 

विव्यास अध्यक्ष राईका अनुसार शुभद्रा–मदन फाउण्डेसनले जनजागृति माध्यमिक बिद्यालयको भवन गत अर्थिक बर्षमा सम्पन्न गरेको थियो । भवन सम्पन्न गरे पनि उद्घाटन भने गरिएको थिएन । प्रदेश प्रमुख खापुङ दिक्तेल आउनुभएको वेला उहाँको प्रमुख आतिथ्यतामा ज्ञानभवनको औपचारिक उद्घाटन गर्ने अवसर जुटाइएको विव्यास अध्यक्ष बताउनुहुन्छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश प्रमुख खापुङले रिवन काटेर नवनिर्मित भवनको औपचारिक उद्घाटन गर्नु भएको थियो । भवन निर्माणका लागि फाउण्डेशनका तर्फबाट रु. दुर्ई करोड पचास लाख वजेट खर्च भएको जनाइएको छ । 

विध्यार्थी साथै शिक्षकहरुद्धारा निर्मित भवनमा ३० कोठाहरु रहेका छन् । जसमा माथिल्लो फ्ल्याटमा छात्राहरुका लागि  आवास रहेको छ । त्यस्तै ज्ञानभवनमा कार्यालय कक्ष, ई–लार्ईबेरी रुम, कम्प्युटर ल्याव, म्युजिकल हल र बिध्यार्थीहरु पढ्ने कक्षा कोठाहरु रहेको शुभद्रा–मदन फाउण्डेसनका मेनेजर बाबुराम कार्कीले बताउनु भयो । 

भवन उद्धघाटन कार्यक्रममा कोशी प्रदेश प्रमुख खापुङका साथ पूर्व सांसद टंक राई, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ई, सुरक्षा निकायका प्रमुखहरु, वडाका वडाध्यक्षहरु राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु, शिक्षक, विध्यार्थीहरुको उपस्थिति रहेको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes