सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड ९, २०८१, Khotang

Image

दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ का ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई थर्मस वितरण

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ दिक्तेलका ८० वर्ष भन्दामाथि उमेरसमूहका जेष्ठ नागरिकहरुलार्ई शुद्ध तातोपानी पिउनका लागि सहयोग सामाग्रीका रुपमा थर्मस उपलव्ध गराइएको छ । वडा नं. १ का वडाध्यक्ष नबराज रार्ईको अध्यक्षता तथा नगरपालिका प्रमुख तीर्थराज भट्टरार्ईको प्रमुख आतिथ्यतामा आज (असार ९) आइतवार वडा कार्यालयको आफ्नै सभाहलमा भएको एक कार्यक्रममा ८० जना वृद्धवृदाहरुलार्ई शुद्धतातो पानी पिउन सहयोग पुग्ने डेढ लिटर क्षमताको थर्मस उपलव्ध गराइएको वडाध्यक्ष रार्ईले हलेसी एफएमलार्ई जानकारी दिनुभएको छ । 

स्वस्थ जीवनका लागि शुद्ध पिउने पानीको जरुरत पर्दछ र वर्षादको समय शुरु भएकोले पिउने पानी उमालेर आफूलाई आवश्यक पर्दा प्रयोग गर्न सजिलो होस भन्ने उद्धेश्यले ‘नागरिकसँग  मेयर’ कार्यक्रम अन्तर्गत वडाका लागि आर्थिक बर्ष २०८०/८१ मा विनियोजित बजेटबाट वडाका जेष्ठ नागरिकहरुलार्ई थर्मस उपलव्ध गरिएको वडाध्यक्ष राई बताउनुहुन्छ ।

वडाध्यक्ष रार्ईको अध्यक्षतामा भएको ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई थर्मस वितरण कार्यक्रममा प्रमुख अतिथि तथा नगर प्रमुख भट्टराईका साथै नगरकार्यपालिका सदस्य अन्जना के.सी (बस्नेत), वडा सदस्यहरु वलराम आचार्य, गोमा बि.क, वडाका कर्मचारी दिलकुमारी जोशी, वडा सचिव युवराज कालिकोटे, करुणा फाउण्डेशन अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संयोजक अनिता कोर्ईराला, वडा नं. १ का जेष्ठ नागरिक आमा बुवा तथा अन्य संघसस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes